एनआरएनए अमेरिका अध्यक्ष केशव पौडेलललाई पेरिसमा स्वागत

प्रकाश सापकोटा, पेरिस फ्रान्स, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष केशव पौडेल फ्रान्स आएका छन् । पारिवारिक भ्रमणको लागि फ्रान्स आएका पौडेललाइ गैरआवासीय नेपाली संघ फ्रान्सले शुक्रबार पेरिसमा स्वागत तथा सम्मान गरेको छ । पौडेलको सम्मान संगै शुक्रबार नै अन्तरर्क्रिया कार्यक्रम समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले दुवै देशमा रहेका नेपालीका मुद्दा समान रहेको भन्दै सहकार्यको अपेक्षा व्यक्त गरे । १५ हजार भन्दा बडी पंजीकृत सदस्यहरु भएकोले एन सी सी अमेरिकामा सबै भन्दा ठुलो र महत्वपूर्ण मानिन्छ ।

अध्यक्ष एक बहादुर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका पुर्व अध्यक्ष निर्मल अर्याल, पुर्व उपाध्यक्ष हरि सापकोटा तथा कार्यसमितिका पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here