हत्याअभियोगमा मेयरले ‘सफाई’ पाउँदा सार्वजनिक बिदा, हेलिकप्टरबाट गृहनगर प्रस्थान

न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहालाई शुक्रबार सफाइ दिएको थियो । तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो । कुशवाहा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।

विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्या अभियोगमा उच्च अदालतले जन्मकैदको सजाय सुनाएपछि कुश्वाह जेल परेका थिए । उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि  सिआइवीको टोलीले गत बैसाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो ।तर सर्वोच्च अदालतले उनलाई शुक्रबार सफाइ दिएपछि जेलमुक्त भएका हुन् ।

सफाइ पाएका मेयर कुशवाहा शनिबार काठमाडौंबाटै हेलिकप्टर चार्टर गरेरै कटहरिया पुगे । कुशवाहाको साथमा थिए संघीय सांसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह । कुश्वाह नेता साहका विश्वासपात्र समेत मानिन्थे । सँगै प्रदेश सभा सदस्य कुन्दन कुश्वाह समेत स्वागतमा रौतहट आएका थिए । कटहरियाको जनता उच्च माध्यमिक विद्यालयको प्रांगणमा उनको हेलिकप्टर उतारिएको थियो । उनलाइ हेर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो।

रिहा भएको खुशियालीमा सार्वजनिक बिदा

त्यस्तै कटहरिया नगरपालिकाले शनिबार एउटा सूचना प्रकाशित गर्दै मेयरले सफाइ पाएको खुशियालीमा आइतबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here