विवादास्पद क्रिस्चियन धार्मिक अभियान चलाएको आइएनजिओको कार्यक्रममा काठमाडौँ ठप्प हुने


क्रिस्चियन धर्म विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा बिहीबारदेखि आइतबारसम्म चार दिन काठमाडौँ उपत्यका एक किसिमले ठप्प हुँदैछ। यसै कार्यक्रमका लागि म्यानमारकी विदेश मन्त्री आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेन, फिलिपिन्सकी उपराष्ट्रपति लेनी रोब्रेडो र ओसिनिया तीन देशका राष्ट्रपतिहरु सहित ४५ देशका ५६७ जना पाहुना काठमान्ड़ु आउदै छन । आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागु गरेको छ। सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएकाले यात्रुहरुले हैरानी खेप्नुपर्ने निश्चित छ। कार्यक्रम यहि मंसिर १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा सम्मेलन हुन लागेको छ ।

युनिभर्सल पिस फेडेरेसन (युपिएफ) यसको आयोजक हो। यसको सहआयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर, पछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र जनदबावपछि सम्मेलनको सहआयोजकबाट सरकारको नाम हटाए पनि कार्यक्रमका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको थियो। युनिभर्सल पिस फेडेरेसन विवादास्पद आइएनजिओ हो। यसका संस्थापक सन म्युङ मून र उनकी पत्नी हाक जा हान मुन हुन्। मूनले नै युनिफिकेसन चर्चको स्थापना गरेका थिए। जुन यो शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान भएको द इन्डेपेन्डेट लेख्छ।

युपीएफ ‘न्यु क्रिस्चियन’ धर्म प्रचारका लागि २००५ मा स्थापना भएको कोरियन संस्था हो । यही संस्थाको नेपाल शाखा युनिभर्सल पिस फेडरेसनका नेपालका अध्यक्ष पूर्व मन्त्री एकनाथ ढकाल हुन्, जो नेपाल परिवार दलका अध्यक्ष पनि थिए। उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो। एमाले माओवादीसँग एकीकृत भएपछि उनी पनि अहिले सत्तारुढ दुई तिहाईको नेकपा सरकारका नेता हुन्। त्यसैले आयोजक कमिटीको नेतृत्व पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्हालिरहेका छन्।
गएको बर्ष एकनाथ ढकाल संलग्न ‘वर्ल्ड पिस’ क्रिस्चियन संस्थाले युवायुवतीलाई कोरिया पठाएर सडकमा पैसा माग्न लगाइरहेको र यसरी उठाएको पैसा संस्थालाई बुझाउने र मगन्ते बनेर हिड्नेहरूले कमिसन पाउने गरेको समाचार कान्तिपुरले छापेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here