फ्रान्समा इन्धन मूल्यवृद्धिविरूद्ध बिशाल प्रदर्शन, प्रदर्शनकारीहरु र सुरक्षाकर्मीहरु बीच झडप

फ्रान्सको राजधानी पेरिसमा इन्धनको मूल्यवृद्धिविरूद्ध शनिबार बिशाल विरोध प्रदर्शन भयो। पेरिस स्थित संज लिजेमा प्रदर्शनको लागि निषेधित छेत्र तोडदै हजारौको संख्यामा प्रदर्शनकारीहरु रास्ट्रपति भवन तिर मोडिनलाग्दा प्रहरी र प्रदर्शनकारीहरु बीच हानाहानको अवस्था सृजना भएको थियो । पहेँलो रंगको ज्याकेट (जीले जोन) लगाएका प्रदर्शनकारीहरूले इन्धन करमा गरिएको मूल्यवृद्धि विरुद्ध विरोधमा उत्रिएको १ हप्ता भएको छ । स्वत फुर्त रुपमा कुनै नेता वा व्यक्तिको निर्देशन बिना फ्रान्सेलीहरु सामाजिक संजालमा आन्दोलन घोसणा गर्दै सडकमा उत्रिएका हुन् ।

केही प्रदर्शनकारीहरूले प्रहरीतर्फ ढुंगा र पटाका प्रहार गरेका थिए साथै राष्ट्रपति एमानुएल माक्रोँलाई पदबाट राजीनामा दिन पनि आह्वान गरे। फ्रान्सका गृहमन्त्रि क्रिश्तोफ क्यास्तनर ले ती प्रदर्शनकारीहरू दक्षिणपन्थी नेत्री मारिन ल पेनबाट प्रभावित भएको आरोप लगाए । प्रदर्शनकारीहरु माझ चरमपन्थीहरुका पनि झन्डा देखिन्थे ।

प्रदर्शनलाइ लज्जास्पद भन्दै नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन इन्धनमा लगाइएको करमा वृद्भि गर्नुपरेको फ्रान्सका राष्ट्रपति एमानुएल मक्रों ले बताएका छन । शनिवारको आन्दोलनमा मात्रै १३० जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रण मा लिइ कारवाही अगाडी बढाएको छ ।

सामाजिक संजालहरु फेरी अर्को शनिवार पनि ठुलो प्रदर्शन गरिने कुराहरु फैलिरहेका छन भने रास्ट्रपति माक्रोंले मंगलबार प्रदर्शन र आफ्नो अडानको बिषयमा बोल्ने राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन।

Paris, France, November 24, 2018. REUTERS/Benoit Tessier TEMPLATE OUT. TPX IMAGES OF THE DAY
/ AFP / Bertrand GUAY

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here