जनमत संग्रह मार्फत न्यू क्यालेडोनियालार्इ फ्रान्स बाट अलग्याउने प्रस्ताव अस्वीकृत

अस्ट्रेलिया नजिकै प्रशान्त महासागरमा रहेको टापु न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र देश बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ। एक लाख ७५ हजार जनताको बसोबास रहेको उक्त फ्रान्सेली भूमिको क्षेत्रफल अठार हजार पांच सय बर्ग किलोमिटर छ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here