एन आर एन ए फ्रान्सले नेपाली राजदुतावास पेरिसमा देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो [फोटो भिडियो सहित]

प्रकाश सापकोटा पेरिस, फ्रान्स, गैर आवसिय नेपाली संघ  राष्ट्रिय समन्वय समिती फ्रान्स द्वारा नेपालीहरुको महान पर्व तिहार (शुभ दिपावली) को अवसरमा नेपाली राजदुतावास फ्रान्सकि माहामहिम राजदूत अम्विका देवी मानन्धर लुईटेल ज्युको निवासमा गत २ नोभेम्बर शुक्रबारका दिन देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाको आपतकालीन कोषको लागि आर्थिक संकलन गर्ने उद्देस्यले हरेक बर्ष देउसी भैलो कार्यक्रम आयोजना गरिन्छ।  करिब ५० जनाको उपस्तिथी रहेको उक्त देउसी कार्यक्रममा भैलिनीहरुले देउसी भट्टाउदैं र नाच्दै गाउदै नेपालकै झल्को दिने खालको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।  बेलुका ७:३० मा सुरु भएको कार्यक्रममा नाच गान गर्दै भैलिनीहरु दक्षिणा झार्न लागिपरेका थिए। नेपाली राजदुतावास फ्रान्सकि माहामहिम राजदूत अम्विका देवी मानन्धर लुईटेल ज्यु, उहाँको आमा बुवा र परिवार, नेपाली राजदूतावास फ्रान्सका उपनियोग प्रमुख लेखनाथ भट्टराई ज्युको परिवार, सहचारि अरेन्द्र महर्जन ज्यु र परिवार, राजदुतावासमा कार्यरत सृजना श्रेष्ठ ज्यु हरुले एन आर एन ए फ्रान्सको भैली टोलिलाइ दक्षिणा दिनुभएपछि भैलिनीहरुले राजदुतावास परिवारलाइ आशिर्वाद दिदै देउसीभैलो समाप्ति गर्नु भएको थियो। साथै राजदुतावासको देउसीभैलो बाट २५९,२०€ जम्मा भएको संस्थाले जनाएको छ ।  कार्यक्रमको अन्त्यमा दुतावासले सेलरोटीका साथ स्वादिस्ट नेपाली खाना खुवाएर भैलिनीहरुको बिदाइ गरेको थियो। एन आर एन ए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले उपस्तिथ भैलिहरु र दक्षिणादिनु हुने सबैलाई धन्यबाद दिनुभएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here