पोर्तुगलमा एक नेपालीलाई १६ वर्ष जेल सजायको फैसला

योगेन्द्रमिलन छन्त्याल, १७ अक्टुबर, लिस्बन । पोर्तुगलमा एक नेपालीलाई १६ वर्षको जेल सजाय तोकिएको छ । मङ्गलबार क्याम्पु जुस्टिका ओरियन्टले यस्तो फैसला सुनाएको हो ।

पर्वत मल्लाजका हरिबहादुर जिसीको हत्यामा संलग्न धादिङका अर्जुन सापकोटाविरुद्ध यस्तो फैसला भएको छ । सापकोटाले जी.सी. लाई गत वर्ष सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिस्बनस्थित क्याम्पु पेकिनो मेट्रो स्टेशन नजिकैको खुला सडकमा छुरा हानी हत्या गरेका थिए । हरिबहादुर जीसीका भाइ ओम जिसीमाथि पनि सापकोटाले आक्रमण गरेका थिए ।

हत्यापछि फरार सापकोटालाई केही दिनभित्रै नेपालीहरुले समातेर प्रहरीलाई बुझाएका थिए । अदालतद्वारा उपलब्ध गराइएको फैसलामा हरिको योजनावद्ध हत्या गरेकोमा १३ वर्ष र ओमकोसमेत हत्या गर्ने प्रयास गरेकोमा थप तीन वर्ष गरी कुल १६ वर्षको सजाय तोकिएको उल्लेख छ ।

गत महिनादेखि लगातारको बहसपछि साक्षी प्रमाणका आधारमा यस्तो निर्णय लिएको सङ्लग्न एक अधिवक्ताले बताए । मुद्धामाथिको बहसमा हिमाल घिमिरे र रुद्रप्रसाद सुवेदीले दोभाषेको भूमिका निभाएको स्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here