नेपाली सांस्कृतिक गृह फ्रान्सले दशैं विशेष कार्यक्रम गर्ने

    नेपाली सांस्कृतिक गृह (Maison Culture du Népal) ले नेपालीहरूको महान पर्ब बिजया दशमीको उपलक्ष्यमा शुभ-कामना आदान प्रदान गर्दै चंगा उडाउने साथै बाल बालिका पुजा, बाघ चाल, बुद्दि चाल, क्यारेम बोड एबम अन्य कार्यक्रमका साथै नेपाली खानाको साथमा भब्य दशैं कार्यक्रम आयोजना गर्न लागेको  छ र सो अवसरमा सम्पूर्ण फ्रान्सवासी नेपाली तथा नेपाल प्रेमी फ्रेन्चहरुलाई समेत निमन्त्रणा गरिएको छ। गएको बर्षमा संस्थाले दशैंको अवसरमा चंगा उडाउने कार्यक्रम सम्पन्न गरेको थियो।

   यसपटकको कार्यक्रममा स्थानीय कलाकारहरू मिलेर हालसालै बनेको नयाँ संगीत समुह “प्रक्रीत” को पहिलो भब्य प्रस्तुति रहेने छ ।  कार्यक्रममा प्रवेश शुल्क १० युरो, यस गृहको सदस्य एबम १८ बर्ष सम्मका लागि ८ युरो र ८ बर्ष सम्मका बाल बालिका लागि निशुल्क हुने छ । चंगा उडाउने कार्यक्रम पार्कमा हुने र नेपाली खाना र सांस्कृतिक कार्यक्रमहरु हल भित्र गरिने जानकारी गराइएको छ।  

 

स्थान र समय :

मिति:-आईतबार १४ अक्टुबर २०१८

समय:- १२:३० देखी १८:३० सम्म

स्थान :- Au Petit Hall du Parc Montreau

2 Rue Babeuf, 93100 Montreuil



1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here