१३ मिनेट भित्र ४ गोल गरेर चम्किए एम्बाप्पे – PSG 5 : 0 Lyon [ भिडियो सहित ]

फ्रान्सका १९ वर्षीय फुटबलर केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि १३ मिनेटमै चार गोल गरेका छन् । आइतवार फ्रेन्च लीग ‘लीग १’ मा पीएसजीले लियोनलाई ५-० ले हराउने क्रममा एम्बाप्पे एक्लैले चार गोल गरेका हुन् । उनले ६१ औँ, ६६ औँ, ६९ औँ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।

चार गोल गरेपछि उनले भने, ‘मैले कयौँ मौका गुमाएँ, म अझै गोल गर्न सक्थेँ । यस वर्ष रुसमा भएको फिफा विश्वकपमा एम्बाप्पेले ४ गोल गरेका थिए । उनले दुई गोल प्रि-क्वार्टर फाइनलमा लियोनल मेसीको टिम अर्जेन्टिना र दुई गोल क्रोएसियाविरुद्ध फाइनलमा गरेका थिए । उनी फिफा विश्वकपका उत्कृष्ट युवा खेलाडी पनि चुनिए । एम्बाप्पेले आफ्नो त्यही लयलाई कायम राख्दै यस सिजन फ्रेन्च लिगका पाँच खेलमा ८ गोल गरिसकेका छन् ।

फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालों दोर को प्रारम्भिक ३० खेलाडीको मनोनयनमा एम्बापे पनि परेका छन।  अवार्ड समारोह डिसेम्बर ३ मा पेरिसमा आयोजना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here