![cover-parisnepal-devendra-paudel-paris](https://parisnepal.com/wp-content/uploads/2021/11/cover-parisnepal-devendra-paudel-paris-696x371.jpg)
नेपाली जनप्रगतिशील मंच फ्रान्सले यहि आइतवार १४ नोभेम्बरका दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल संग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। युनेस्कोको ४१ औं महासभामा भाग लिन नोभेम्बर १० तारिखमा फ्रान्स आउनु भएका मन्त्री देवेन्द्र पौडेलले फ्रान्समा रहेका नेपालीहरुसंग भेटघाट गर्दै उनीहरुका समस्या सुन्ने र सम्बोधन गर्न प्रयत्न गर्ने इच्छा व्यक्त गर्नुभएपछि कार्यक्रमको आयोजना गरेको थियो।
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-2-1024x583.jpg)
नेपाली जनप्रगतिशील मंच फ्रान्सका अध्यक्ष सुमन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री देवेन्द्र पौडेल हुनुहुन्थ्यो त्यस्तै विशिस्ट अतिथिहरुमा शिक्षा सचिव राम प्रसाद थपलिया, फ्रान्सका लागि नेपाली राजदुत दीपक अधिकारी र युनेस्को नेपाल कार्यालयका उपमहासचिव डा रामबाबु अधिकारी रहनु भएको थियो। कार्यक्रममा एनआरएनए फ्रान्स लगाएत विभिन्न संघसंस्थाबाट अध्यक्ष तथा प्रतिनिधिहरु उपस्तिथ हुनु भएको थियो। कार्यक्रमको संचालन हरि सापकोटाले गर्नु भएको थियो भने नेपाली जनप्रगतिशील मंच फ्रान्सको तर्फ बाट सदस्य विनोद बरालले अतिथिहरुलाइ स्वागत गर्नु भएको थियो।
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-10-1024x547.jpg)
नेपाली रास्ट्रिय धुन संगै सहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गर्दै परिचयात्मक कार्यक्रम हुदै प्रश्न गर्ने क्रममा फ्रान्सका नेपालीहरुले शैक्षिक क्षेत्रलाइ माथि उठाउन सरकारले विशेष चासो दिनु पर्नेमा जोड दिएका थिए।
फ्रेन्च इकोपेन विश्व वरियता तेक्वान्दो खुला प्रतियोगीताका लागि निर्णायकमा छनोट भएर आएका तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकालले नेपालमा फ्रेन्च दुतावास भएपनि भिषाको लागि भारतस्थित दिल्ली दुतवास सम्म डकुमेन्ट पठाउनु पर्ने र १ महिना लाग्ने झन्झटिलो भएको र यसैकारण खेलाडीहरुले अन्तरास्ट्रिय प्रतियोगिताहरुमा आउन नपाएको गुनासो गर्नु भएको थियो। उहाँ संगै आउनु पर्ने २ जना खेलाडी भिसा प्रक्रियामा भएको ढिलासुस्तीले गर्दा आउन नपाएको बताउदै त्यसबारेमा केहि पहल गर्न आग्रह गर्नु भएको थियो।
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-4-1024x594.jpg)
कार्यक्रममा पत्रकार अनुराधा पौडेलले फ्रान्समा नेपालीले झेल्नु परेको समसामयिक समस्याका विषयमा जानकारी तथा जिज्ञासा राख्नु भएको थियो, जनसम्पर्क समिति फ्रान्सका अध्यक्ष सुधिर रानाले शिक्षा स्वास्थ्य र समग्र विकासमा भएको ढिलासुस्ती र त्यहाँ दिइएका आश्वासन अनुसार काम नभएको बारेमा ध्यानाकर्षण गराउनु भएको थियो। त्यस्तै सुमित्रा बुर्लाकोटीले शिक्षण पेशालाइ समय अनुसार विशेष महत्वमा राख्दै सम्मानित पेशाको रुपमा राज्यले विस्तार गर्नु पर्ने बताउनु भयो। शोभा गजुरेलले विगत जनयुद्वबाट आएकाहरुले युद्व बेलाका नाराहरुलाइ भुल्न नहुने, अहिले देशलाइ भस्ट्रचारले थला पारेको बताउदै शहिदका परिवारप्रति राज्यको दायित्वबारेमा ध्यानाकर्षण गराउनु भएको थियो। त्यस्तै इन्द्र बस्नेत, टिका अधिकारी, नितेश पौडेल, राजेन्द्र कार्की आदिले शिक्षा क्षेत्रमा रहेको व्यापक अनियमितता निजि क्षेत्रले गरेको ब्यापार, समाजवादको अभ्यास नभएको आदि विषयमा जिज्ञासा राख्नु भएको थियो।
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-5-1024x768.jpg)
शिक्षा सचिव राम प्रसाद थपलियाले नेपालमा शिक्षामा राम्रो सुधार हुदै गैरेको, सरकारले शिक्षामा सबैभन्दा धेरै बजेट छुट्याउने गरेको बताउदै सकारात्मक परिवर्तन नै हुदैं गैरहेको बताउनु भयो। विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रश्नहरुको प्रतियुत्तरमा तपाइहरु मध्य कतिले भन्नु भएको जस्तो विकराल अवस्थामा देश नरहेको, यहाँको जस्तो त छैन तर बस्नै नासिकिने खालको नभएको, हार्मो सुन्दर देशमा अहिले प्रचुर मात्रा सम्भावनाहरु भएकोले विदेशीहरु लगानी गर्न आइरहेका छन भन्दै कोभिड ब्यबस्थापनमा देशले राम्रो सफलता हाँसिल गरेको बताउदै स्वास्थ्यको क्षेत्रमा अएका जिज्ञासाहरुमा आफ्ना भनाइहरु राख्नु भएको थियो। शिक्षा क्षेत्रमा प्रगतिहरु चाडै हुनु पर्ने थियो ढिला भएको छ तर विस्तारै विस्तारै अवस्यनै अगाडी बढीनै रहेको छ भन्दै संगसंगै विकास निर्माणमा थुप्रै कामहरु निरन्तर अगाडी बढिरहेको बताउनु भयो । दोहोरो नागरिकताको लागि संसदमा पास गराउन दुइ तिहाइको बहुमत जुटाएर पास गर्न तर्फ लाग्ने साथै विदेश बाट पनि नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था मिलाउनको लागि गृहकार्य भैरहेको बताउनु भयो। विदेशका नेपालीहरुलाइ नेपालमा लगानी गर्न मिल्ने वातावरण बनाउने कामहरु भैराखेको छ भन्दै लगानी गर्न आग्रह गर्नु भयो। उहाँले स्वदेशमै रोजगारीका सम्भावना बढेकाले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातवरण बन्दै गएको बताउनुभएको छ । मन्त्री पौडेल १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ । माओवादी नेता पौडेल गत अक्टुबर ८ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनु भएको थियो।
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-9-1024x688.jpg)
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-7-1024x631.jpg)
![](https://parisnepal.com/wp-content/uploads/2021/11/parisnepal-devendra-paudel-paris-8-1024x632.jpg)
![](https://parisnepal.com/wp-content/uploads/2021/11/debendra-paudel-in-unesco-1024x614.jpg)