एनआरएनए फ्रान्सको “स्पोर्ट्स डे” भव्यताका साथ सम्पन्न, भलिवलमा म्याग्दी समाज फ्रान्स विजयी

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति (एनआरएनए) फ्रान्सको बार्षिक कार्यतालिका अन्तर्गत आयोजना गरिएको एनआरएनए फ्रान्स “स्पोर्ट्स डे” यहि अक्टुवर १० तारिख २०२१ का दिन भव्यताका साथ सम्पन्न भएको छ। खेलकुद कार्यक्रममा उल्लेख्यरुपमा नेपाली युवाहरुको उपस्तिथी रहेको थियो।

पुरुष भलिवल प्रतियोगितामा म्याग्दी समाज (मोना) फ्रान्स, तमु समाज फ्रान्स, एनआरएनए फ्रान्स, मगर समाज फ्रान्स A, मगर समाज फ्रान्स B र स्यांग्जा समाज फ्रान्स टिम सहभागी भएका थिए ।

लिग चरण हुँदै सेमिफाइनल नक आउट चरणमा पुग्न सफल तमु समाज फ्रान्स र मगर समाज फ्रान्सको खेल अत्यन्तै रोचक बनेको थियो। पहिलो सेमी फाइनल भिडन्तमा तमु समाजले दुवै सेट जितेर फाइनलमा पुग्न सफल भएको थियो।

त्यस्तै दोस्रो सेमी फाइनलमा एनआरएनए फ्रान्स र मोना फ्रान्स विचको खेलपनि उत्कृस्ट रहयो। जसमा मोना फ्रान्सले दुवै सेट जितेर फाइनलमा तमु समाज संग प्रतिस्पर्धा गर्न अगाडी बढेको थियो।

तमु समाज फ्रान्स र म्याग्दी समाज फ्रान्स (मोना) विचको फाइनल खेल दर्शकको हुटिंग र चर्को प्रतिस्पर्धाका विच सम्पन्न भएको थियो।

 

पुरुष भलिवल प्रतियोगितामा तमु समाज फ्रान्स दोस्रो भएको थियो भने, मोना फ्रान्स (म्याग्दी समाज फ्रान्स) प्रथम स्थान हाँसिल गर्दै एनआरएनए भलिवल प्रतियोगिता २०२१ को उपाधि जित्न सफल भएको छ। फाइनल खेल खेल्दै जाँदा साँझ अबेर भैसकेको हुनाले खेल्न असम्भव भएको भन्दै खेलाडीहरुले खेल रोक्न आयोजक समक्ष आग्रह गरेका थिए। पहिलो सेट म्याग्दी समाजले जितेको थियो भने दोर्सो सेटमा करिब बराबर अंक हुदै गर्दा खेल रोकिएको थियो। खेलाडी तथा एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनालको आग्रहमा सहमत हुदै पहिलो सेटको आधारमा तमु समाज फ्रान्सले दोस्रो स्थानमा चित्त बुजाउने निर्णय गरेपछि आयोजक र उपस्तिथ सबैको धन्यवाद प्राप्त गरेको थियो।

दोस्रो हुने तमु समाज फ्रान्सका खेलाडीहरु : अनिल गुरुङ (टिम क्याप्टेन), दिल ब. गुरुङ, आकाश गुरुङ, सगुन जोसी, मिलन गुरुङ, समशेर गुरुङ, सुमन गुरुङ, सुमन गुरुङ, चित्रलाल गुरुङ  |  टिम म्यानेजर : सन्तोष गुरुङ

पहिलो हुने म्याग्दी समाज (मोना) फ्रान्सका खेलाडीहरु: सुन्दर पुन (टिम क्याप्टेन), प्रभुद्व केसी , लक्ष्मीप्रशाद भट्टचन, शेखर पुन, रमेश बोहोरा, सुक पुन, दिल कुमार पुन, रमेश केसी,  प्रकाश सुबेदी, टिम म्यानेजर : (विकाश सेरचन)

भलिवल प्रतिगिताका उत्कृस्ट खेलाडी : तमु समाज फ्रान्सका खेलाडी दिल बहादुर गुरुङ

भलिवल प्रतियोगितामा प्रथम हुने टिमलाइ ट्रफी, मेडल प्रमाण पत्र सहित १००० युरो पुरस्कार त्यस्तै दोस्रो हुने टिमलाइ ट्रफी, मेडल प्रमाण पत्र सहित ५०० युरो पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारिले खेलकुद कार्यक्रमको अवलोकन गर्दै छोटो समयको उपस्तिथीमा खेलाडीहरुको सम्मान पत्रमा हस्ताक्षर तथा भेटघाट गर्नु भएको थियो। विजेता खेलाडीहरुलाइ एनआरएनए फ्रान्सका सँस्थापक अध्यक्ष हरिहर अर्याल, एनआरएनए फ्रान्सकी अध्यक्ष गीता खनाल थापा र महासचिव दिलिप गुरुङले ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो। कार्यक्रमको संयोजकत्व एनआरएनए फ्रान्सका युवा संयोजक उमेश बन्जाराले गर्नु भएको थियो ।

“स्पोर्ट्स डे” मा भलिवल प्रतियोगिता, महिला तथा वालवालिकाहरुको लागि तातो आलु आदि खेलहरु खेलाइएको थियो। सँस्थाले पहिलो पटक महिलाहरुको लागि समेत भलिवल प्रतियोगिता आयोजना गरेको थियो। खेलकुद प्रतियोगिताहरुमा महिलाको  सहभागिता र उपस्तिथी संख्याँ बढाउनु पर्ने भन्दै एनआरएनए फ्रान्सकी अध्यक्ष गिता खनाल थापाले महिला खेलाडीहरुलाइ एकजुट गर्दै भलिवल खेलाउने व्यवस्था मिलाउनु भएको थियो। उहाँले आगामी बर्षहरुमा महिला भलिवललाइ अझै अगाडी बढाउने बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here