युरो २०२० अन्तर्गत फ्रान्सद्वारा जर्मनी पराजित

युरो २०२० अन्तर्गत फ्रान्सले जर्मनीलाई पराजित गरेको छ।  समूह ‘एफ’ अन्तर्गत म्युनिखमा भएको खेलमा फ्रान्सले घरेलु टिम जर्मनीलाई १-० गोलले पराजित गरेको हो।

जर्मनीका माट्स हुमेल्सले गरेको आत्मघाती गोल नै फ्रान्सलाई विजयको लागि पर्याप्त बन्यो।

खेलको २० औं मिनेटमा फ्रेन्च खेलाडी लुकास हर्नान्डेजले प्रहार गरेको बलमा हुमेल्सले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। खेलको ६६ र ८५ औं मिनेटमा केलियन एमबाप्पे र करिम बेन्जिमाले गोल गरेका थिए । तर, अफसाइड भएपछि फ्रान्सले गरेका ति २ गोलले मान्यता पाएन ।

यस समूहमा पोर्चुगल शीर्ष स्थानमा रहेको छ । फ्रान्स दोस्रो, जर्मनी तेस्रो र हंगेरी चौंथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here