रगत जम्ने खतरा देखिएको भन्दै अस्ट्राजेनिका खोप लगाउन स्थगित

शरीरमा रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुक लगायत थाईल्यान्डले अस्ट्राजेनिकाका खोप लगाउन स्थगित गरेका छन। विश्व स्वास्थ्य संगठन, युरोपियन युनियन लगायतले यो खोपलाइ भने निरन्तरतानै दिरहेका छन्। अस्ट्राजेनिकाले विकास गरेको कोभिड खोपका कारण मानिसको शरीरमा रगत जमेको भन्ने रिपोर्टका आधारमा बिहीबार डेनमार्क, नर्वे र आइसल्यान्डले अस्ट्राजेनिकाको खोप लगाउन रोकेका हुन। युरोपका अन्य देशहरुमा पनि यो खोप स्थगित गर्ने नगर्ने बिषयमा बहस चलिरहेको छ।

गत ७ मार्चमा अस्ट्रियामा एकजना खोप लगाएको व्यक्तिको शरीरमा रगत जमेका कारण मृत्यु भएपछि यसबारेमा अध्ययन गर्न थलिएको थियो। तर नियामक निकायले भने खोपकै कारण ती समस्या आएका हुन् भन्ने कुनै प्रमाण नरहेको बताएको छ। विश्वमा हालसम्म ३० जना व्यक्तिमा रगत जम्ने साइड इफेक्ट देखिएको र त्यो संख्या अत्यन्तै न्यून रहेकोले डराउनु पर्ने अवस्था नभएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले बताएको छ।

थाइल्याण्डमा शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने भनिएको खोप कार्यक्रम यसै कारण स्थगित गरिएको छ। फ्रान्स जर्मनी लगायत अन्य युरोपियन मुलुकले भने यो खोपलाइ निरन्तरता दिरहेका छन। यूरोपीयन चिकित्सा एजेन्सीले अस्ट्राजेनिका खोपलाइ ६० प्रतिशत प्रभावकारी भएको बताएको छ।  फ्रान्समा ६५ बर्ष भन्दा कम उमेरका लाइ अस्ट्राजेनिका खोप दिइएको छ। त्यसमाथिका उमेर समुहलाइ फ़ाइजरको खोप दिइएको छ। फ्रान्समा हालसम्म ८०+ उमेरका ४० र  ६०-८० उमेरका २० प्रतिशतलाइ खोप लगाइसकिएको छ। र फ्रान्समा हालसम्म खोपका कारण कुनै प्रकारको अप्रिय घटना जानकारीमा आएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here