बार्सलोनालाइ हराएर च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुग्यो पिएसजी(पेरिस)

पेरिस सेन्ट–जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ । घरेलु मैदानमा वुधवार राति भएको खेलमा बार्सलोनालाई १ – १ को बराबरीमा रोक्दै पिएसजीले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

यसअधि बार्सेलोनामा भएको पहिलो चरणको खेलमा पिएसजीले बार्सलोनालाइ ४ – १ ले पराजित गरेको थियो। बार्सलोनाले दशकौ पछि च्याम्पियन्स लिगमा घरेलु मैदानमा यति ठुलो हार बेहोरेको थियो। वुधवारको खेलमा पेरिसले रक्षात्मक खेल्दै बार्सलोनालाइ रमोन्तादा (come-back) गर्न बाट रोक्न सफल भएको छ। पिएसजीका लागि केलियन एमबाप्पेले ३० औं र बार्सेलोनाको तर्फ बाट लिओनेल मेस्सीले ३७ औं मिनेटमा गोल गरेका थिए ।

विगत ९ बर्ष देखि लगातार पिएसजी च्याम्पियन्सको क्वाटर फाइनलमा पुगेको छ। बार्सलोना १४ बर्ष पछि अहिले च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here