तमु समाज फ्रान्सद्वारा आयोजित अनलाइन नृत्य प्रतियोगिता २०२० भब्यरुपमा सम्पन्न [विजेताहरुको नामावली]

तमु ल्होसार अर्थात ल्वोल्होसार २०७७ लाइ लक्षित गर्दै तमु समाज फ्रान्सद्वारा आयोजित कार्यक्रम “Tamu Lhosar International Online Dancing Star 2020” सभ्य तथा भब्यरूपमा सम्पन्न भएको छ। वुधवार प्रतक्ष्य प्रसारण मार्फत विजेताहरुको घोषणा गरिएको थियो।

आफ्नो भाषा र मौलिकतालाइ संरक्षण तथा प्रवर्दन गर्ने उदेश्यले गुरुङ भाषाको गित र भेषभूषामा नृत्य गरेर तयार परेको भिडियो मार्फत प्रतियोगितामा सहभागी हुन पाइने व्यवस्था मिलाइएको थियो। कार्यक्रममा नेपाल फ्रान्स लगायत विश्वका विभिन्न देशहरु बाट नेपाली कलाकारहरुले भाग लिएका थिए। कार्यक्रम निकै उत्साहपुर्वक भएको प्रतियोगिता आयोजक उपसमितिका सदस्यहरुले बताउनु भएको छ।

विजेताको नामावली यसप्रकार रहेको छ:
प्रथम पुरस्कार रु २५००० विजेता- Contestant#04 अन्जु तमुस्यो(बुटवल)
दोश्रो पुरस्कार रु १५००० विजेता- Contestant#03 मनिषा तमुस्यो(बेशीशहर)
तेश्रो पुरस्कार रु १०००० विजेता- Contestant#16 बिन्दु तमुस्यो(स्यांग्जा)
चौंथो पुरस्कार रु ५००० विजेता- Contestant#08 कृति & प्रिती तमुस्यो(पोखरा)
उत्कृष्ट भेष-भुषा रु ५००० विजेता- Contestant#11 अरिन तमुस्यो(चितवन)
हरेक बर्ष ल्होसारको अवसर पारेर तमु समाज फ्रान्सले भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्ने गरेकोमा यस बर्ष कोभिड-१९ महामारीका कारण अनलाइन मार्फत भएपनि कार्यक्रममलाई निरन्तरता दिइएको तमु समाज फ्रान्सका अध्यक्ष चित्र तमुले जानकारी दिनुभएको छ। साथै उहाँले यसप्रकारका कार्यक्रमलाइ भविस्यमा निरन्तरता दिने बताउनु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here