नेपालको नयाँ नक्साको विरुद्वमा सरिता गिरी द्वारा सरकारी विधेयक खारेजीको माग गर्दै छुट्टै संशोधन दर्ता

नेपालको नयाँ नक्सालाई निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई खारेजीको माग गर्दै जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले वुधवार संसदमा संशोधन दर्ता गराएकी छन ।

बुधबार दिउँसो सिंहदरबार पुगेर उनले संशोधन प्रस्ताव दर्ता गरेकी हुन् । हालको अद्यावधिक नक्सा गलत भएकाले त्यसको खारेज गर्नु पर्ने भन्दै उनले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी हुन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन् ।

नेपालको नयाँ नक्साबारे विवादित अभिव्यक्ति दिएकी गिरीलाई पदबाट हटाएर कानूनबमोजिम हदैसम्मको कारवाही गर्न युवा संघ, तरुण दल लगायत संघंसंगठनले माग गरेका छन् ।

जनता समाजवादी पार्टीकै बरिस्ठ नेता डा बाबुराम भट्टराईले सीमा/भूभाग सम्बन्धी संविधान संशोधनमा हाम्रो समर्थन रहन्छ भनेर बोल्दा बोल्दै उनकै पार्टीकी संसदले सदनमा दर्ता गराएको संशोधनलाइ लिएर पार्टीले कारवाही गर्ने नगर्ने विषयमा स्पस्ट धारणा आएको छैन।

राष्ट्रिय मुद्दामा देश हित विरुद्धमा लाग्नेलाई पार्टीले मात्र कारवाही गर्ने हो वा राज्यबाटै कुनै सजायको व्यवस्था गर्न सकिने हो अन्योलको बिषय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here