सगरमाथालाइ तिब्बतको “चोमोलोङ्मा” हिमाल भन्दै चिनियाँ राजदुतावासको प्रचार प्रसार

भारतले नेपालको भूभाग मिचेको विषयमा विरोध भइरहेको बेला चिनियाँ सरकारको मातहतमा रहेको एक सञ्चार माध्यमले सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गरेको छ। सञ्चार माध्यमहरुले मात्र नभई चिनियाँ राजदुतावासले समेत सगरमाथालाइ तिब्बतमा रहेको चोमोलोङ्मा हिमाल भन्दै भन्दै प्रचार प्रसार गरिएको पाइएको छ।

Translation : Meet Xinhua correspondents to enjoy the magnificent beauty of the glacier at the foot of Mount Qomolangma (Everest), in the Xizang region (Tibet) in southwest China.

फ्रान्स स्थित चिनियाँ राजदुतावास समेतले केहि दिन अगाडी (६ मे र ७ मे का दिन) सामाजिक सञ्जालमा सगरमाथाको उचाई नाप्न टोली पठाईएको विषयलाइ प्रचार प्रसार गर्दै एभरेस्ट चाइना अन्तर्गत तिब्बतको दक्षिण प्रान्तमा पर्ने बताएको छ। यसअघि चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले ट्वीटरमा सगरमाथा चीनमा पर्ने उल्लेख गरेको कुरालाइ लिएर नेपालमा चर्को आलोचना भएको थियो।

सगरमाथालाइ चिनियाँहरुले तिब्बती भाषामा चोमोलोङ्मा (Qomolangma) भन्ने गर्दछन। सगरमाथाको उत्तरी मोहडा चीनतर्फ पर्छ । चीनमा पनि कतिपय प्रस्तुतिमा ‘चोमोलोङ्मा चीनको हो’ भन्ने गरिन्छ । राजदुतावासका अनुसार उत्तरी मोहडाबाट चीनले सगरमाथाको उचाइ नाप्न सुरु गरेको छ । त्यसका लागि गत बुधबार चिनियाँ सर्भेयर र आरोहीको टोली आधार शिविर पुगेका छन् ।

शताब्दीऔं देखि नेपालीहरुले सगरमाथालाइ नेपालको शिर मान्दै आएका छन। सबै रास्ट्रिय अन्तरास्ट्रिय माध्यममा पनि नेपालको भनिदै आएको विश्वको सर्वोच्च शिखरलाइ छिमेकी देशले अर्कै नाम दिएर प्रचार प्रसार गरेको देख्दा अनेक प्रश्न उठ्नु स्वाभाविक नै हो।

विश्व कोरोना महामारीले त्रासित भैरहेको बेला भारतले नेपालको भूभागमा एकतर्फी रुपमा सडक उद्वघाटन गर्ने र चीनले नेपाल सरकारको अनुमति विना सगरमाथाको उचाई नाप्न जाने र आफनै देशको हिमाल झैँ प्रचार प्रसार गर्नु यी पछिल्ला घटनाहरुले धेरै अनुत्तरित प्रश्न उठेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here