पायपबाट वायोग्यास घर घरमै, प्रधानमन्त्रीले गरे उद्दघाटन

५ भदौ, काठमाडौं । विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरेर उत्पादन गरिएको वायोग्यास पाइपबाट ३२ घरमा जडान गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर पुगेर पाइपबाट जडान गरिएको वायोग्यास कार्यक्रम स्थलमै ल्याइएको चुल्हो बालेर उद्दघाटन गरेका छन् ।

उनले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताए । उनले भने, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।

यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here