भारतमा रेलले किचेर घर फर्किदै गरेका १६ जना मजदुरको मृत्यु

भारत, महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले किचेर रेलको लिकमा सुतिरहेकाका १६ जना मजदूरहरुको घटनास्थलमै मृत्यु भएको छ । 

सवारी साधनको अभावमा हिँडेरै आआफ्ना घरतर्फ गइरहेका मजदूरहरु रातभरी हिडेर थाकेपछी लिकमा सुतेका थिए। यो घटना आज बिहान ६.३० भएको हो । उक्त दुर्घटनामा अन्य थुप्रै मजदूरहरु घाइते भएका छन् ।

भारतीय रेलमन्त्री पियुष गोयलले उक्त घटनाको जाँचको आदेश दिएका छन् । प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतक मजदूरका प्रत्येक परिवारलाई भारतीय रुपैयाँ पाँच लाख दिने घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालगत्तै ट्वीट गरी महाराष्ट्रको औरंगाबादमा भएको घटना अत्यन्त दुःखद भएको र आफू घटनाबाट मर्माहत भएको जनाउँदै आफूले रेलमन्त्रीलाई उक्त घटनाबाट पीडितलाई जतिसक्दो चाँडो सहयोग गर्न निर्देश दिएको बताएका छन् ।

भारतमा देशव्यापी लकडाउन घोषणा गरेपछि मुम्बई, नयाँ दिल्ली समेतका ठूला शहरबाट लाखौं मजदूर पैदलै हिँडेर आआफ्ना घर फर्किरहेका छन् । भोकभोकै वा बिरामी परेर बाटोमै मृत्यु हुने मजदुरहरुको संख्या पनि काहालीलाग्दो छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here