महामारीको बेला समस्यामा रहेकाहरुलाइ Volunteer Népalais France ले राहत वितरण गर्दै

कोभिड-१९ को महामारीको कारण आर्थिक समस्यामा परेका नेपालीहरुलाइ पेरिसका युवाहरु संगठित भइ सहयोग गर्न सुरु गरेका छन।

फ्रान्समा कोभिड-१९ फैलिन सुरु भएपछि सरकारले १६ मार्च बाट पुरै देश लकडाउन गर्ने घोषणा गरेको थियो। लकडाउन संगै ब्यवसाय र कार्यालयहरु प्राय ठप्प छन। यस अवस्थामा अस्थाई रुपमा काम गरिरहेका वा सरकारको राहत कार्यक्रममा नपर्ने नेपालीहरुलाइ आर्थिक संकटको अवस्था सिर्जना भएको छ। यसै विषम परिस्तिथिलाइ मध्यनजर गर्दै हालै गठन गरिएको Volunteer Népalais France ले राहत स्वरुप खाध्यान वितरण गर्न सुरु गरेको जनाएको छ।

संगठित सक्रिय युवाहरुले शनिवार २ मे का दिन ५१ जना नेपालीहरुलाइ राहत वितरण गरेको जानकारी दिइएको छ। राहतको सामग्री खरिद गर्नको लागि सहयोगी नेपालीहरु बाट आर्थिक संकलन गरिएको थियो।

राहतका लागि समस्यामा परेका नेपालीरुको तथ्यांक संकलन गरिएको थियो । उक्त तथ्यांकको आधारमा कोहि पनि नछुटून र सहयोग लिने कोहि पनि नदोहोरिहुन भन्दै समस्यामा रहेकाहरुलाइ सम्पर्क गरिएको थियो। पहिलो चरणको राहत वितरण कार्यक्रम सकिएको र दोस्रो चरणको लागि छिट्टै निर्णय लिइने समितिमा अबद्व स्वर्णीम गुरुङले पेरिसनेपाल डट कमलाइ जानकारी दिएका छन।

फ्रान्सका केहि संघसँस्थाहरु एकजुट भै संयुक्त रुपमा र अन्य केहि सँस्थाहरुले आफै राहत वितरण गर्न सुरु गरिसकेका छन्।

थप जानकारीहरु :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here