फ्रान्सबाट आएकी कोरोना संक्रमित बिद्यार्थी निको भएर घर फर्किइन् (भिडियो सहित)

नेपालमा कोरोना भाइरसबाट संक्रमित युवती (फ्रान्सबाट आएकी बिद्यार्थी) निको भएर आज घर फर्किएकी छिन । यो संगै नेपालमा कोरोना संक्रमण बाट निको हुनेको संख्या ३ पुगेको छ भने हालसम्म कोसैको मृत्यु भएको दुखद खबर आएको छैन ।

उनी संगै जहाजमा आएका अरु २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्य बेल्जियमबाट फर्केकी बाग्लुङकी ६५ वर्षीया महिला कोरोनाबाट निको भएकी छिन ।

चैत्र ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेकी उनको गत २०७६ चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। उनी आज शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी छिन, कोरोनाबाट आफू पूर्णरुपमा निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिदैं उनले आफ्नो उपचारमा चिकित्सक र स्वास्थ्यकर्मीले राम्रो सहयोग गरेको बताइन।

काठमाडौं आएर घरमै क्वारेन्टाइनमा बसेकी उनको भिएतनामिएन साथिलाइ कोरोना भाइरस लागेको थाहा पाउना साथ परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको सम्पर्कमा गएकी थिइन। उनी फ्रान्सको साइन्सपो मा अध्यनरत बिद्यार्थी हुन्।

स्मरणरहोस नेपालमा कोरोना भाइरसबाट ३० जना संक्रमित भैरसकेका छन् भने त्यसमा ३ जना निको भएका छन् ।

 

भिडियोमा उनले दिएको जानकारी :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here