बेलायतले घरमै कोरोना भाइरसको परिक्षण गर्ने किट वितरण गर्ने

स्वास्थ्य विभाग इंगल्याण्डका निर्देशक शेरोन म्याकले घरमै कोरोना भाइरसको परिक्षण गर्ने किट केहिदिन भित्र वितरण गर्ने गरि बनाउन थालिएको जानकारी दिएकी छिन्। मंगलवार उनले सञ्चारकर्मीहरु संग बोल्दै बिज्ञान तथा प्रविधि समिति मार्फत ३.५ मिलियन किट को अर्डर दिएको जानकारी दिइन ।

पहिलो चरणमा त्यस्ता किटहरु अक्सफोर्डका सम्भावित भाइरस संक्रमितहरुलाइ वितरण गरिने छ त्यसपछि आमाजोन वा वुट्स मार्फत सर्वसाधारणमा वितरण गरिने छ। परिक्षण गर्न हातको औंला बाट रगतको स्याम्पल लिनुपर्नेछ र परिक्षण अवधि १५ देखि ३० मिनेटको हुनेछ। किटमा समावेश गरिएको उपकरण द्वारा रगतको परिक्षण गरिन्छ र नतिजा प्राप्त हुनेछ। अहिले थोरैको संख्यामा मात्र बिरामीहरुलाइ अस्पतालमा परिक्षण गर्ने गरिएको छ।

बेलायतमा अहिलेसम्म कोरोनाबाट ४२२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म ८ हजार ७७ जना संक्रमित भएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here