“अघिल्ला युद्धहरूमा, मानिसहरू इटाली बचाउन मर्थे। यो युद्धमा, इटाली मानिसहरु बचाउन मर्दैछ”

कोरोना संक्रमणले इटालीको अवस्था भयावह भएको छ । इटालीमा युद्धस्तरमा यो रोग फैलियो र अहिले घर घर भित्र पसेर ज्यान लिंदै छ। केहि हप्ता देखी पुरै इटाली ‘क्वारेन्टाइन’मा छ, अर्थात पूरा इटाली नै ‘लकडाउन’ छ। सरकारले सबै व्यापारिक प्रतिष्ठान, सपिङ मल, रेष्टुरेण्ट तथा सबै पसल बन्द गर्ने निर्णय गरेको थियो। केवल सुपर मार्केट तथा औषधीपसलहरु मात्र खुला गरिएका छन।

इटाली लकडाउन भएको १ हप्ता पछि मात्र युरोपका अन्य देशले त्यसै गर्न थाले। अर्थात यो युद्वमा इटाली १ हप्ता अगाडी छ, संक्रमितको संख्या मृत्यु हुनेको संख्या र मृत्युदर सबैमा इटाली अगाडी छ। तर कोरोनाले इटालीलाइ बर्षौं पछाडी धकेल्ने अनुमान गरिएको छ। संसारका अन्य देशहरु पनि यो चरणमा प्रवेश गर्दैछन् जहाँबाट इटाली गुज्रिसकेको छ । आज कुनै पनि देशले हामीलाई केही हुँदैन भनेको देख्दा त्यो देशका निर्दोष नागरिकहरु सम्झेर दु:ख लाग्ने गर्दछ । आज चीनले जसरी कोरोनामाथि विजय पायो सवैले त्यसैको नक्कल गर्नुपर्ने देखिन्छ। यस भाइरसको औषधि नबनुन्जेल त्यसको बिकल्प छैन।

इटाली सरकारले जनतालाइ बैंकको किस्ता तथा व्यापारमा मद्दत गरेर सहयोग गरिरहेको छ। सरकारले ठूला आर्थिक उद्दार प्याकेज ल्याइरहेको छ। स्वास्थ्य उपकरण, औषधि आदिमा अर्बौ डलर खर्च गरिरहेको छ तर देशले यो सवै धान्न सक्ला ?

कोरोनाले इटालीको बजारमा ठूलो हलचल ल्याइदिएको छ। सेयर बजारमा ठूलो गिरावट आएको छ। ठूला आर्थिक उद्दार प्याकेज ल्याउदा पनि सेयर बजारहरुमा गिरावट रोकिएको छैन। निकट भविष्यमा आर्थिक मन्दीको सम्भावनाको आँकलन गरिँदैछ। देशले दिन सक्ने सबै नागरिकको लागि दिदैंछ। रास्ट्रपति सेर्जियो मातेरेलाले कुनै पनि हालतमा कोरोना भाइरस संग आत्मसमर्पण नगर्ने बताएका छन। दिनरात नभनी स्वस्थकर्मीहरु बिरामीहरुको उद्वारमा लागेका छन्। सरकारले जनतामा धैर्यधारण गर्न सुझाव दिदैं कुनैपनि हालतमा यो युद्व जित्ने आश्वाशन दिएको छ। आज इटालीमा कोरोना भाइरसको कारण मर्ने प्राय तिनै नागरिकहरु हुन् जोसले आज भन्दा ८० बर्ष अगाडी विश्वयुद्व भोगे वा त्यो युद्वमा आफ्ना अभिभावक गुमाए। आज राज्य तिनै नागरिकलाइ बचाउन मर्दैछ । राज्यले आफ्नो दायित्व पुरा गर्दैछ। भोलिका जीवितहरुले राज्यको अभिभावकत्व देखेर गर्व गर्नेछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here