फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपालीमा देखियो कोरोनाभाइरस, टेकुमा उपचार हुँदै

नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेका छन् । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिएका हुन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना पुष्टि भएको उनले बताए । उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको मन्त्रीले बताएका छन् । संक्रमित १९ बर्षिय युवती भएको र उनि चैत्र ४ (मार्च १७ तारिख) नेपाल आएकी थिइन। उनको परिचय भने खोलिएकॉ छैन। उनि फ्रान्समा अध्ययन गरिरहेकी काठमान्डौ वासी १९ बर्षिय बिद्यार्थी भएको जानकारी प्राप्त भएको छ।

उनीसंगै फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामकी साथीलाई पनि कोरोना संक्रमण भएको म्यासेज पाएपछि पछि उनले टेकु अस्पताललाइ खबर गरेकी थिइन । उनको आइतबार राति रिपोर्ट पोजेटिभ आएको थियो। संक्रमित बिद्यार्थी नेपाल आएको ६ दिन भइसकेको छ । यो अवधिमा उनले क-कसलाई भेटिन् भन्ने पहिचान भइसकेको छैन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here