🔴 लन्डनमा एक नेपाली १३ दिन देखि “कोरोना संग लड्दै”

लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि उनले आफ्नो फेसबुक बाटै आफुलाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको बताएकी हुन्। लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट १३ दिन यो रोग बाट ग्रसित भएको बताएकी छिन।

पारिवारका अनुसार, गत ८ तारिख उनी लन्डनमा आयोजित अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएको भोलिपल्ट उच्च ज्वरोले समातेपछि सिटामोल र आइबुप्रोफिन खाएकी थिइन।  (कोरोना लागेको बिरामीलाइ आइबुप्रोफिन खतरनाक हुने बताइन्छ) औषधिले निको नभएपछि गत १८ तारिखमा अस्पतालमा परिक्षण गरेपछि एन्टिबायोटिक लिइरहेकी उनलाई शुक्रबार घरैमा एम्बुलेन्स आएर अस्पताल लगेको थियो। उनका श्रीमान सहित एक छोरा र छोरी अहिले घरमा सेल्फ आइसोलेसनमा छन्।

कोभिड १९ का कारण बेलायतमा आइतबारसम्म २८१ जनाले ज्यान गुमाएका छन् भने ५ हजार ६ सय ८३ मा संक्रमण पाइएको छ। केहि दिन अघि कोभिड–१९ बाट बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको खबर आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here