फ्रान्स, जर्मनी र स्पेन सहित ८ देशका नागरिकलाई अनअराइभल भिसामा रोक

कोरोना संक्रमण विश्वभरि फैलिदै गएको परिपेक्षमा सरकारले थप तीन मुलुक फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक लगाएको छ । गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइदै आएको अन अराइभल भिसामा रोक लगाएको थियो। यससँगै अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको छ।

अब यी मुलुकका नागरिकहरुले नेपालको भिसा लिन आफ्नो डकुमेन्टको साथमा सम्बन्धित कूटनीतिक नियोगबाट कोरोना भाइरसमुक्त स्वास्थ्य परीक्षण रिपोर्ट पेश गर्नु पर्दछ । मंगलबारदेखिनै यी देशका नागरिकहरुले अन अराइभल भिसा नपाउने बताइएको छ। पहिला नै भिसा लिसकेकाहरुले भने नेपाल जाँदा स्वास्थ्य परीक्षण रिपोर्ट साथमै लिएर जानु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here