सूचना ‘लिक’ भएपछि तपस्वी बम्जन फरार, अलप भएको हल्ला, अर्का बालयोगेश्वरले १ करोड कुम्ल्याए

धर्मको नाममा अपराधिक क्रियाकलाप गरेको आरोप लागेका “तपस्वी” रामबहादुर बमजनलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गरेको थियो । बमजनले आफ्नो आश्रमबाट पाँच जना अनुयायी तथा आनीहरु बेपत्ता पारेको र यौन दुव्र्यवहार गरेको आरोपमा किटानी जाहेरी परेको छ । जिल्ला अदालत सर्लाहीले पक्राउपूर्जी जारी गरेपछि विहीबार सिआईबी र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका स्थित आश्रममा छापा हान्दा बमजन भेटिएनन।

यसअघि बमजनको आश्रमबाट मकवानपुरकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ बेपत्ता भएको उजुरी परेको थियो । यस्तै सिन्धुपाल्चोकबाट समेत उनको आश्रममा आएका आनीहरु हराएका समाचारहरु आएका थिए ।

शुक्रबार मध्यान्न सम्म पनि बमजन रहेको स्थानमा र वरिपरि जंगलमा छापा मार्दा उनी भेटिएनन् । उनीसँग एकैछिनमा हराउन सक्ने अद्भूत क्षमता भएको उनका अनुयायीहरु बताउँछन् । बम्जन पक्राउका लागि गएको प्रहरीले नै अलप भएको हुन सक्ने बताईरहेका छन् । बिना सुचना छापा मार्दापनि फरार भएपछी ठुलै मिलेमतो हुन् सक्ने आसंका गरिएको छ।

उपराष्ट्र्रपति नन्दबहादुर पुन १ साता अगाडी भरतपुर विमानस्थलमा – स्वागत गर्दै “स्वामी बालयोगेश्वर महाराज” बताउने गेरुवस्त्रधारी– विजय भण्डारी

 

त्यसो त नेपालमा धर्मको नाममा ठग्ने वा अपराधिक क्रियाकलाप गर्नेहरुको बिगबिगी बढिरहेको छ यसअघि २८ जना पीडितले १ करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेका आफुलाई स्वामी बालयोगेश्वर महाराज बताउने गेरुवस्त्रधारी विजय भण्डारी चितवनको धान्यांचल छोडेर फरार भएका थिए। आजै प्राप्त समाचार अनुसार उनले गुल्मीको महायज्ञमा सङ्कलन भएको एक करोड नगद आफैले बोकेर गएको खुलासा भएको छ। ‘अमेरिका पठाइदिन्छु’ भन्दै विभिन्न व्यक्तिबाट करोडौँ रकम असुलेका भण्डारी वैदेशिक रोजगार ठगी मुद्दामा जेल परेर पनि छुटेका थिए। 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here