बालुवाटार: एनआरएनसहित ६५ जनाको जग्गा जफत, १ सय ७५ जना माथि भ्रष्टाचार मुद्दा

बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजय गच्छदार चार पूर्वमन्त्री र अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र २ जना पूर्वसचिवसहित १ सय ७५ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । १ सय ७५ मध्ये ११० जनाविरुद्ध सजाय समेतको माग दाबी गरिएको छ भने ६५ जनाविरुद्ध जग्गा जफतको दाबी गरिएको छ ।

मुद्दामा ललिता निवास क्याम्पभित्र रहेकोले एनआरएनएको पनि जग्गा जफत गरिने भनिएको छ। त्यस्तै एनआरएन लाइ जग्गा मिलाइदिने भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ, उनकी पत्नी र छोरा कल्याण गुरुङविरुद्ध पनि मुद्दा दायर गरिएको छ । स्मरण रहोस एनआरएन भवनको अहिले सम्मको लागत रु २८ करोड २६ लाख थियो जसमा चन्दादाता र ब्याजबाट प्राप्त रकम: रु २२ करोड ३४ लाख थियो र अझै बाँकि कामको १३ करोड रकम जुटाउन बाँकी छ।

निवासभित्र जग्गा भएका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले आफ्नो नाममा कायम भएको जग्गा सरकारलाई छाडिदिन सहमत भएकाले मुद्दा चलाइएको छैन ।

अख्तियारले पूर्वमन्त्रीहरूमध्ये गच्छदार र श्रेष्ठलाई जनही ९ करोड ६५ लाख ७६ हजार बिगो दाबी गरेकाे छ भने अर्का तत्कालीन मन्त्री जोशीविरुद्ध सात करोड आठ लाख ४८ हजार बिगो दाबी गरेको छ।

आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदार प्रतिनिधि सभा सदस्यबाट स्वतः निलम्बित भएका छन्। विष्णु पौडेल विरुद्व मुद्वा नपरेपछि नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले ट्वीटरमा बिरोध गरेका छन्।

अख्तियारले विशेष अदालतमा दर्ता गरेकाे मुद्दाकाे विस्तृत विवरणसहितकाे सूची

Akhtiyar

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here