परराष्ट्रमन्त्री ज्ञवाली रसिया भ्रमणमा जाँदै, “राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउँदै”

नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी नोभेम्बर २३ मा मन्त्री स्तरीय बैैठकमा भाग लिन रुसको राजधानी मस्को प्रस्थान गर्ने कार्यक्रम रहेको पररास्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र रुस बीच सम्बन्ध स्थापित भएको ६ दशक पुगेपनी १७ वर्ष यता मन्त्री स्तरीय बैठक हुन सकेको थिएन।

परराष्ट्रमन्त्रीले २५ नोभेम्बरमा रुसका विदेशमन्त्री सर्गेइ लभरोपसँग भेटवार्ता गर्नेछन् । रसिया भ्रमणमा जाने परराष्ट्रमन्त्रीको टोलीमा परराष्ट्र सचिव शंकर दास वैरागी, रसियाका लागि नेपालका राजदूत ऋषिराम घिमिरेलगायत रहनेछन् ।

रुस भ्रमणका क्रममा मन्त्री ज्ञवालीले त्यहाँका प्रधानमन्त्री दिमित्रि मेदभेदेव, विदेशमन्त्री सर्गेइ लभरोप र दुवै सदनका सभामुखसँग भेटवार्ता गरि दुई पक्षिय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । उनीहरुसँगको भेटमा मन्त्री ज्ञवालीले दुइ देशबिच अपसी सहयोग र साझेदारीका विषयमा समेत छलफल गर्नेछन् ।

 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको भ्रमण गर्ने ?

छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने उच्च श्रोतबाट जानकारी प्राप्त भएको रास्ट्रिय समाचार एजेन्सीले जानाएको छ।

‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता (रुस) बाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।

राष्ट्रपति पुटिनको नेपाल भ्रमण अधिकारिक रुपले पुस्टि भने भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here