नेकपा सचिवालय बैठक : ओली पाँच वर्ष नै प्रधानमन्त्री, प्रचण्डले पार्टी ‘कमान्ड’ समाल्ने

आज बुधबार बालुवाटारमा सम्पन्न नेकपा सचिवालय बैठकले केपी शर्मा ओली पाँचै वर्ष प्रधानमन्त्री रहने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन्।

आजको बैठकले मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको थियो तर यससम्बन्धी कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here