गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद जर्मनीको आज १४ सेप्टेम्बर २०१९ का दिन हुने भनिएको चुनाव स्थगित भएको छ। सर्वसहमतिबाट नेतृत्व छनोट गर्न पुर्व पदाधिकारीहरु तथा आइसीसीका पदाधिकारीहरुले गरेको अन्तरक्रिया र छलफल पश्चात सहमति जुटेको र निर्विरोध रुपमा कार्यसमितिले पूर्णता पाएको जानकारीमा आएको छ ।
२०१९-२०२१ कार्यकालको लागि हरि न्यौपाने अध्यक्षमा, विजय मोक्तान र टंक लम्साल आइसीसी सदस्य, लोकमणि ढकाल महासचिव, ७ जना उपाध्यक्ष, १ जना महिला उपाध्यक्ष, २ जना सचिव आदि … रहने गरि कार्यसमितिको गठन भएको निर्वाचन समितिले दिएको सूचनामा उल्लेख गरिएको छ।
यसअगाडी आइसीसी सदस्यमा उमेदबारहरु मध्य कुम्भ राज रेग्मी र प्रेम पोमु दुवै जनाले आ-आफ्नो उम्मेदवारी फिर्ता लिए संगै सर्वसहमती बाट निवर्तमान अध्यक्ष बिजय मोक्तान र टंक लम्साल आइसीसी सदस्यमा निर्विरोघ भएका हुन्।
बिजय मोक्तानले अध्यक्ष पुनः दोहोर्याउने निर्णय फिर्ता लिएका थिए, अध्यक्षका अर्का प्रत्यासी लब थापाले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए उनि पनि सर्वसहमति बाट प्रमुख सल्लाहकारमा नियुक्त भएका छन्, त्यस्तै अध्यक्षका अर्का प्रत्यासी रण बहादुर साउदले पनि आफ्नो उम्मेद्वारी फिर्ता गरेका थिए।
उम्मेदवार सबैलाई फ्र्यान्कफोर्ट स्थित होटेल होख्स्टर होफमा बोलाएर एनआरएनएका अग्रज नेत्रित्व कर्ताहरु संग छलफल गरिएको केहि लाइ फोन मार्फत सहमतिमा आउन आग्रह गरिएको र सोहि अनुसार सबैलाइ समेट्ने गरि कार्यसमिति लाइ पूर्णता दिने प्रयत्न भएको एनसीसी जर्मनीका संस्थापक अध्यक्ष सहित पुर्व अध्यक्षहरुले बताएका छन्।
आइतबार १५ सेप्टेम्बर नयाँ कार्यसमितिलाइ सपथ ग्रहण समरोह रहेको जानकारी दिदैं निर्वाचन समितिले सहमतिको लागि पहल गर्ने र निर्वाचनको तयारी गर्नको लागि हरेक क्षेत्रमा खट्ने सबैलाई एक बिज्ञप्ति मार्फत धन्यवाद दिएको छ।