लोक कल्याणकारी संस्था लक्जम्बर्गको छैठौं वार्षिकउत्सव संगै भब्य सांस्कृतिक कार्यक्रम हुँदै

सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मासाथ गर्दै प्रबासमा रहेर आफ्नो जन्म भुमि प्रतिको सेवा भावले स्थापित नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाको गौरबमय छैठौं वार्षिकउत्सव यहि १५ सेप्टेम्बर २०१९ को दिन सम्पन्न हुने भएको छ । उक्त कार्यक्रम ख्यातिप्राप्त राष्ट्रिय लोक कलाकार श्रीकृष्ण बम मल्ल, लक्ष्मी मल्ल, आर.सी सापकोटा रमिला न्यौपाने, सहिमा श्रेष्ठ लगाएतको  उपस्थितिमा center cultural transchapp limpertsbe मा दिनको १ बजे सम्पन्न हुने आयोजक नेपाल लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाले जानकारी गराएको छ।

गुल्मी जिल्लाको नबिन हेल्थकेएर इन्द्रेगौडामा स्टेचरहरु र ह्विल चिएर सहयोग, स्वेता फाउन्डेसन द्वारा निर्माणधिन माझि वस्ती पुनः निर्माणकालागि करिब ६५ हजार सहयोग, रबि लामिछाने फाउन्डेसनले निर्माण गर्न लागेको नेपालको अति बिकट स्थानमा निर्माणधिन राष्कोट सामुदायिक अस्पतालमा दुई लाख रुपैयाँ सहयोग, गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा बाढी पहिरो पिडितलाइ सहयोग रकम हस्तान्तरण तथा सदा झैँ नेपाली संस्कृतिको जगेर्ना, प्रबासमा रहेका स-साना बाबु नानीहरुलाई नेपाली संस्कृति संग परिचित गराउने उदेश्यले पन्चेबाजा खरिद आदि विविध कामहरु गर्दै सँस्था अगाडी बढीरहेको छ ।

संस्थाका अध्यक्ष रमाकान्त शर्माले आफ्नो व्यक्तिगत साथै नेपाल लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाको तर्फबाट यहि १५ सेप्टेम्बर २०१९ का दिन हुन गैरहेको संस्थाको छैठौं वार्षिकउत्सव बिभिन्न तहतप्काबाट भब्य रुपमा सफल पार्नका लागि लक्जम्बर्ग बासि सम्पूर्ण बुबाआमा दाजु भाई तथा दिदि बहिनि र स-नानि बाबुहरुलाई अनुरोध गर्नु भएको छ ।

स्थान : Center Culturel Tramsschapp 49, Ermesinde, Luxembourg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here