जानकी मन्दिर झलमल्ल पार्न पाँच करोडको बजेट

0

गैरआवासीय नेपाली संघ (एनआरएन) को आर्थिक सहयोग र डिजाइनको आधारमा जनकपुरको जानकी मन्दिर झलमल्ल पारिने भएको छ । जानकी मन्दिरलाई आधुनिक किसिमले सौन्दर्यकरण गर्नका लागि पाँच करोडको लागतमा विद्युतीकरण गरिने भएको हो । एनआरएन र प्रदेश सरकार बीच मन्दिर विद्युतीकरण गर्ने सम्झौता भएको छ ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, एनआरएनका प्रमुख संरक्षक डा उपेन्द्र महतो, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिर छुट गुठीको तर्फबाट छोटे महन्थ रामरोशन दासले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार एलइडी चिमको प्रयोग गरि मन्दिर परिसरलाई अत्याधुनिक विद्युतीय प्रकाशमार्फत प्रज्वलित गरिनेछ । मन्दिरको सौन्दर्यकरणलाई अझ बढी उपयोगी बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने योजना रहेको एनआरएनका अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here