युरोपमा यो हप्ता अत्याधिक गर्मी

फ्रान्समा गर्मीका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। तापक्रम अत्यधिक भइरहेको बेला गर्मी बाट बच्नका लागि समुद्रमा नुहाउन जाने तीनजना बृद्वहरुको एकैचोटी चोसो र तातोले हाइड्रोक्युसनका कारण हृदयघात भएर मृत्यु भएको सञ्चार मध्यमहरुले जनाएका छन्। अचानक तापक्रम घट्दा मानव शरीरमा कोल्ड शक अर्थात हाइड्रोक्युसन हुन्छ । यो लागेपछि रक्तनलीहरू तत्कालै खुम्चिन थाल्छन् र मुटु अँठ्याउँछ । मुटुरोग लागेकाहरूलाई यसले हृदयघात बनाउने सम्भावना रहन्छ।मृत्यु हुनेमा फ्रान्सको दक्षिणी क्षेत्रमा पर्ने मर्साइ शहर नजिकैका  ७० र ७५ बर्षिय पुरुष र एकजना ६२ बर्षिय महिला रहेका छन्।

सहारा क्षेत्रबाट आएको तातो हावाले गर्दा युरोप महादेशमा यो हप्ता अत्यधिक गर्मी भएको छ । केही क्षेत्रहरूमा तापक्रमको अहिले सम्मको रेकर्डनै भएको छ। फ्रान्समा रहेको युरोपकै उच्च हिमाली क्षेत्र आल्पको तापक्रम इतिहासमै उच्च बन्न पुगेको छ। यो हप्ता  पेरिसमा ३५ देखि ४० डिग्री सम्म तापक्रम पुग्ने बताइएको छ भने दक्षिणी क्षेत्रमा ४५ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ। बाहिरको तापक्रम ४० डिग्री पुग्दा रेल स्टेसनहरु र एसी नभएका रेल भित्र मा ५० डिग्री सम्म पुग्ने अनुमान गरिन्छ।

फ्रान्स सरकारले गर्मिका कारण कयौं ठाउमा प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीहरु खटाउनुका साथै केहि सरकारी तथा निजि कार्यालय, बिधालय र कलकारखानामा छुट्टी दिएको छ।

२००३ मा फ्रान्समा अत्याधिक गर्मिका कारण करिब १५००० मानिसको ज्यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here