पेरिसमा २ जुनमा हुने सातौँ तमु समाज कप फुटबल प्रतियोगिताको तयारी पुरा

 

तमु समाज फ्रान्सले यहि जुनको २ तारिख आइतबार सातौँ तमु समाज कप प्रतियोगिता आयोजना गर्न गैरहेको छ। कार्यक्रममा भाग लिन टिम दर्ता गर्न सबैलाइ आव्हान गर्दै फुटबल Knock Out सिस्टम अन्तर्गत खेलाईने जानकारी दिइएको थियो। यसपटक बिजेताले १००० युरो पुरस्कार शिल्ड मेडल प्राप्त गर्ने छन्। दोस्रो हुनेलाइ ५०० युरो साथै शिल्ड मेडल दिइनेछ।

गत बर्ष सम्पन्न छैटौं तमुसमाज कप फूटबल प्रतियोगीतामा Nepali Legionaire A टीमले प्रथम र Gurkha Boyz पेरीस द्वीतिय हुन सफल भएका थिए।

शुक्रबार पेरिसमा भएको टिम दर्ता र गोलाप्रथा बाट प्रतिद्वन्दी छनोट प्रक्रियाबाट यी टिमहरु भिड्ने भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here