बार्सिलोना: सडक दुर्घटनामा २३ वर्षीय नेपाली युवकको मृत्यु

स्पेनको बार्सिलोना बस्दै आएका २३ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ। स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका पुजन कोईरालाको शनिबार राति आकस्मिक दुर्घटनामा परी ज्यान गएको हो।

होम डिलीवरी काम गर्ने कोईराला ग्राहकको खाना पुर्याउन साइकलमा गैरहेको बेला नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उदृत गर्दै स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।

एनआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोईरालाको निधनप्रति दुःख व्यक्त गरेका छ। संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिवारलाई जानकारी दिईसकेको बताएका छन्। उनले शव ब्यबस्थापनको लागि प्रक्रिया अगाडी बढाउने र मृतकको परिबारलाइ आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here