एनआरएनए फ्रान्सको आयोजनामा “रक्तदान कार्यक्रम” सम्पन्न [पेरिसनेपाल]

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले १८ मे २०१९ का दिन सामुहिक रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ  कार्यक्रम पेरिस बाट नजिकै La Courneuve नगरपालिकाको कार्यालयमा आयोजना गरिएको थियो । फ्रान्सेली रक्तदान सम्बन्धी सरकारी निकाय EFS र नगरपालिका संगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रममा ३३ जना नेपालीहरु सहित ५४ जना दाताहरुले आफनो अमुल्य रक्तदान गरेका थिए।

एनआरएनए फ्रान्सले दोस्रो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा संस्थाका पुर्व पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कार्यसमितिका पदाधिकारीहरु तथा फ्रान्सवासी नेपाली दाजुभाई दिदिबहिनीहरूको व्यापक उपस्थिति रहेको थियो । एनआरएनए फ्रान्सका सचिव प्रविन सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा दाताहरुले कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तो समाजिक कार्यलाइ निरन्तरता दिन सुझाब दिएका थिए ।

यसपटकको रक्तदान कार्यक्रममा एनआरएनए रक्त संचार पद्द्ती बिकासका संयोजक फणिन्द्र पन्त पनि नेदरल्याण्डस् बाट कार्यक्रमकै लागि फ्रान्स आउनु भएको थियो। EFS इल द फ्रान्स छेत्रकी प्रचार प्रसार बिभागकी प्रमुख Carole BAGOT को पनि कार्यक्रममा उपस्थिति रहेको थियो। EFS इल द फ्रान्सले नेपालमा रक्तदानको लागि आवस्यक मध्य केहि प्रविधि भित्राउन सहयोग गर्न सक्ने र त्यसको लागि पहल गरिने संयोजक प्रविन सापकोटाले बताउनु भएको छ।

एनआरएनए फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले रक्त दान गरि यस पवित्र कार्यमा भागलिनुहुने तथा कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद ज्ञापन गर्नुका साथै रक्तदान गर्नुहुनेलाइ टिसर्ट र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो।

संस्थाले दाताहरुको नामावली छिट्टै प्रकाशित गर्ने जानकारी दिएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here