भाइरल भएको पत्रकार-मन्त्री संवादको सामाजिक संजालमा प्रतिक्रिया – यादव गलत कि प्रश्नकर्ता ?

आइतबार राति नौ बजे एभिन्यूज खबरको सकस राजनीति बहसमा सहभागी भएका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव कार्यक्रम छोडेर स्टुडियो बाट बाहिरिए पछी अहिले यो बिषयले सामाजिक संजालमा हंगामा मच्चिएको छ ।
प्रश्नकर्ता सुशील पाण्डेले भ्रष्टाचार र पार्टी एकताको विषयमा प्रश्न गरेका थिए । तर मन्त्री यादवले जवाफ दिन उचित ठानेनन र स्टुडियो नै छाडेर बाहिरीए ।

यस लाई कतिपयले मन्त्री सञ्चार माध्यमको सामना गर्न नसकेर स्टुडियोबाट बाहिरिनुले सरकार कति गैरजिम्मेवार छ भन्ने प्रष्ट्याएको बताएका छन भने कतिपयले प्रश्नकर्ता सुशील पाण्डे अशिस्टता देखाएको बताएका छन । एभिन्युज खबर टेलिभिजनमा पत्रकार सुशील पाण्डेसँगको सकस राजनीति भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यादवले प्रश्न सोध्दा मर्यादा ननाध्न अनुरोध गर्दैजाँदा परिस्थिति भड्किएको हो । अहिले सामाजिक सञ्जालमा उपेन्द्र यादव हट केक बनेका छन । उनको चर्चा धेरैले गरेका छन । धेरै यादव प्रश्नको जवाफ दिन नसकेर स्टुडियोबाट भागेको बताइरहेका छन भने केही पत्रकार लगायतले पत्रकारले प्रश्न सोध्नेक्रममा उत्तेजनामा आउने काम र अशिष्ट व्यवहार गरेको प्रतिक्रिया दिइरहेका छन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here