दुइ दिन देखि सर्भरमा समस्या, सरकारी वेबसाइटहरु ठप्प

नेपाल सरकारको एकीकृत सर्भर जीओभीडट्एनपी (gov.np) मा शनिबार साँझदेखि समस्या देखिएको छ। आइतबार देशभरका अधिकांश सरकारी कार्यालयका वेबसाइट बन्द भएका छन। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित देशका सम्पूर्ण सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन।

सरकारी सर्भर डाउन हुँदा यातायात व्यवस्था कार्यालय, राहदानी र मालपोत तथा नापी कार्यालयको काम बढी प्रभावित भएको थियो । एकैपटक दुई हजारभन्दा बढी सरकारी वेबसाइटले काम नगर्दा अनलाइन प्रणालीमा आधारित सरकारी सेवा पूर्ण अवरुद्ध भयो । एकैपटक सर्भर डाउन हुँदा वैदेशिक रोजगारी, राहदानी, राजस्व र मालपोत लगायतका सरकारी सेवा लिन बसेका सेवाग्राहीले निक्कै सास्ती खेप्नु पर्यो ।

जीआइडीसीका प्रवक्ता रमेश पोखरेलले सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको र ट्राफिक भएका कारण नेटवर्कमा समस्या आएको बताए। आइतबारनै समस्या समाधान गरिने बताए पनि सोमवार दिउसो सम्म कुनै सुधार हुन् सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here