नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध, के हो पब्जी खेल ?

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । इन्टरनेटमा मल्टीप्लेयर रुपमा खेलिने यो भिडियो गेमको उत्पादन दक्षिण कोरियाली कम्पनी ब्लूहोलले गरेको हो ।

यस खेलमा एकपल्टमा एक सय खेलाडीहरूलाई प्यारासुटका माध्यमद्वारा एक आइल्याण्डमा पुर्याएपछि उनीहरूले त्यस ठाउँमा हातहतियार खोज्दै खेलको अन्तिमसम्म जीवित रहन एक अर्कासँग युद्ध गर्नुपर्ने हुन्छ । खेलमा बिस्तारै सहभागी खेलाडीलाई उपलब्ध हुने सुरक्षित स्थान घट्दै जान्छ र एक अर्कालाई मारेर अन्तिमसम्म जीवित रहने खेलाडी वा टिम विजयी बन्छ । पब्जी खेलका लागि डिभाइसमा धेरै मेमोरी आवश्यक पर्ने भएकाले कम मेमोरी खपत गर्ने पब्जी लाईटको बेटा भर्जन यही वर्षको जनवरीमा रिलिज गरिएको थियो ।

पब्जी खेल निकै हिंस्रक भएको र यसले माननिक स्वास्थ्यमा असर गर्ने भन्दै यसलाई छिमेकी मुलुक चीन र भारतको केही सहरमा प्रतिबन्ध लगाइसकिएको छ । चीनमा त पब्जीको पूरा भर्जन आउनुअघि नै २०१७ अक्टोबरमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here