फ्रेन्च लेजन (आर्मी) का नेपालीहरुले नयाँ बर्षमा बिशेष कार्यक्रम गर्ने

[avatar user=”laxman” size=”thumbnail” align=”left”]लक्ष्मण गगन[/avatar]

फ्रान्सका दक्षिणी जिल्लाहरुमा छरिएर रहेका नेपालीहरुले यही आउदो अप्रिल १३ र १४ गते नेपाली नयाँ बर्ष मनाउने तयारी गरिरहेका छन । फ्रान्सको चौथो ठूलो शहर  तुलुस‘ देखि ६५ किमी पूर्बमा रहेको भेअरड़ा अँ लौरगे‘ नामक गाऊमा रहेको एउटा फार्म हाउस भाडामा लिएर आयोजना गर्न लागिएको उक्त कार्यक्रमफ्रेन्च लेजनमा कार्यरत नेपालीहरुको तर्फबाट गर्न लागिएको हो। ओद‘ जिल्लाको कस्तेल्नोदारी‘ मा बसोबास गर्देइ आइरहेका नेपालीहरुको पहलमालेजनमा कार्यरत सम्पूर्ण नेपालीहरु बीच भेटघाटको अवसर अनि पारिवारिक र सामाजिक माहौलको सृजना गर्ने मनसायका साथ पहिलोपटक यस्तो कार्यक्रमको सुरुवात गरिएको हो। कार्यक्रमको आयोजना लेजनमा कार्यरत नेपालीहरुले गरेको भएपनि यो इलाकामा भएका सबै नेपालीहरुलाइ हार्दिकताका साथ निमन्त्रणा गरिएको छ। जुन क्षेत्रमा काम गरेपनि नेपाली चाड सबै नेपालीहरुको साझा चाड भएको हुनाले सकेसम्म बिसेष गरेर दक्षिण फ्रान्समा रहेका सबै नेपालीहरुलाइ कार्यक्रमक आयोजनाबारे खबर पुर्याउने कोसिस गरिएको छ। राजधानी पेरिसका प्राय आइतबार हुने कार्यक्रमहरुअनि सप्ताहन्तको छोटो अबधिमा आवत जावत गर्न निकै कठिनाइ हुने समस्याका कारण चाहेर पनि यसपाली पेरिसमा हुन लागेको संयुक्त नया बर्ष कार्यक्रममा जानलाई पाएक नपरेको कुरा धेरैले महसुस गरेका छन । र यसै संधर्वमा यो कार्यक्रमले द्क्षिणी फ्रान्सका नेपालीहरु माझ नयाँ अनुभव दिलाउनेछ भन्ने कुरामा आयोजकहरुको ठुलो बिश्वास रहेको छ ।

लेजनमा बढ्दै गएका नेपाली दाजुभाईहरुथपिदै गएका दिदीबहिनीहरु र पैदा हुदै गएका दोस्रो पुस्ताहरुबीच देश ,भाषा र संस्कृतिको स्मरण र रास्ट्रीय भावनाको  जगेर्नाका लागि बेला बेलामा कार्यक्रमहरु गर्नु सबैका लागि उल्लेखनीय हुने कुरा धेरैले बुझेका छन। यसै क्रममा गएको दशैं पनि यसै फर्म हाउसमा आयोजना गरिएको थियो भने तिहार भने बनियोल सुर सेज‘ नामक शहरमा बिसेष तरिकाले मनाइएको थियो ।

बर्ष २०७६ को पहिलो किरणलाइ स्वागत गर्न नेपालीहरुको यो बृहत कार्यक्रममा कार्पिएनमार्सेआभिन्यों निममोनपेलिएमियोबनियोल सुर सेजलीयोंआप्ट लगाएतका शहरमा बस्ने नेपालीहरुले ठूलो उत्सुकता देखाएका छन भनेकाल्वी र पेरिसबाट पनि केहि मात्रामा सहभागिता हुने अनुमान गरिएको छ । शनिबार बिहान देखि सुरु हुने कार्यक्रम दिउसोको खानाबेलुकाको खाना संगै भलीबल लगाएतका खेलहरुको पनि आयोजना गरिएको छ भने बालबालिका हरुको लागि बिशेष खेलहरुको पनि व्यवस्था गरिएको छ ।

स्थान : Castelnaudary

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here