लगानी सम्मेलनमा ३८ राष्ट्रका ६ सयभन्दा बढी विदेशी

चैत्र १५ र १६ गते काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा ३८ मुलुकका ६ सय भन्दा बढी लगानीकर्ताले सहभागिता जनाउने भएका छन् । सम्मेलनमा १६० जनाभन्दा बढी नेपाली लगानीकर्ता सहभागी हुनेछन्। सम्मेलनको चैत १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन शत्रको अध्यक्षता प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष ओलीले गर्नेछन् ।

त्यसै दिन अर्थमन्त्री डा. युवराज खतिवडा, म्यानमारका यूनियन मन्त्री उ ताउन टून, विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रुपका कार्यकारी अध्यक्ष शाहाद नासिम, दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोट र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी वक्ता छन् ।

उपस्थितिहरु मध्य यो सम्मेलनमा चिनिया एक्लैको संख्या २०९ रहने लगानी बोर्डले जनाएको छ। चीनबाहेक दोस्रो टोली भारतबाट ११०, म्यानमाबाट २८, दक्षिण कोरियाबाट १५, जापानबाट २०, अमेरिकाबाट ११, ओमानबाट १३, युएईबाट १३, क्यानडा, युके, मेलसिया र सिंगापुरबाट ९/९ जना लगानीकर्ताहरु सहभागी हुने भएका छन् । लगानीकर्ता अझै थपिने क्रम जारि छ।

झण्डै ६ दर्जन परियोजनाहरू समेत प्रस्तुत हुनलागेको सो सम्मेलनले नेपालमा लगानी भित्र्याउनका लागि विश्वासिलो वातावरण बनाउने विश्वास गरिएको छ ।

१६ चैतको समापन सत्रमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, स्काई पावरका अध्यक्ष एवं सीईओ क्रेरी एड्लर र ट्रकसेलका सीईओ कान लगायतले मन्तव्य राख्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here