एनआरएनए फ्रान्सद्वारा पाल्पाको एक बिकट गाउँको बिधालयलाइ आर्थिक सहयोग

एनआरएनए फ्रान्सले लाप्राक बस्ति निर्माण सम्पन्न गर्न केहि साता अगाडी नै भुकम्पको बाँकी १२ लाख नेपाल पठाउने निर्णय गरि पैसा नेपाल पठाइसकेको छ। त्यसको अर्को साता फ्रान्सवासी नेपाली वालवालिकाहरुलाई नेपाली भाषा पढाउने उद्देस्यले नेपाली पाठशाला सुरु गरेको छ। र अहिले रिब्दीकोट गाउँपालिकाको बिधालयलाइ गरिएको आर्थिक सहयोगको पनि प्रसंसा गर्दै बिभिन्न संघसंस्थाका सदस्य तथा फ्रान्सवासी नेपालीहरुले प्रतिकृया दिएका छन। संस्थाको वेबसाइटमा प्रकाशित बिज्ञप्ति :

गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति फ्रान्सले प्रत्येक बर्ष कम्तिमा एउटा सामाजिक परोपकारी परियोजना ( One NCC One Charity) अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका स्थित नारायणी माध्यमिक बिधालयमा कक्षा ११ र १२ थप गर्नको लागि 4,17,056 रुपैयाँ आर्थिक सहयोग गरेको छ। फ्रान्सबाट २४ डिसेम्बर २०१८ मा एन आर एन ए केन्द्रमा रकम पठाएको थियो। केन्द्रले उक्त रकम सो बिधालयलाइ १७ फेब्रुअरीमा हस्तान्तरण गरिएको थियो।  नारायणी माध्यमिक बिधालयलाइ सहयोग गर्न एन आर एन ए फ्रान्स र संस्थाका सल्लहाकार तथा भु पु आइ सी सी सदस्य मिन जी सीज्यु को सहकार्यमा सहयोग रकम जम्मा गरि पठाइएको हो। एनआरएनए एनसीसी फ्रान्सले हरेक बर्ष परोपकारी परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा सुधार गर्न नेपालका बिकट ठाउँहरुमा सहयोग गर्दै आएको छ।

एन आर एन ए फ्रान्स नारायणी माध्यमिक बिधालयलाइका बिधार्थी एवं प्राध्यापकहरुलाइ हार्दिक शुभकामना दिदैं बिधालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछ।  साथै संस्थाको परोपकारी कोष / आपतकालीन कोषको लागि सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ एनआरएनए फ्रान्स हार्दिक धन्यवाद व्यक्त गर्दछ।

प्रवक्ता

प्रकाश सापकोटा

एन आर एन ए फ्रान्स परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here