नेपालीहरुको र महिला दिवसको लागी समय छैन शृंखला खतिवडालाइ, फ्रान्सको भ्रमण सकेर फर्किदैं

विश्वभरिका नेपालीहरुले सामाजिक संजालमा भोट माग्दै मिस वर्ल्डको टप ५ मा पुर्याइएकी मिस नेपाल ९ मार्चमा फ्रान्सको भ्रमण सकेर नेपाल फर्किदै छिन। नेपाल फ्रान्सबीच द्धिपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षको अवसरमा मिस नेपाल श्रृंखला खविडा सदभावना दुत नियुक्त भएकी थिइन। त्यसैको अवसरमा नेपाल स्थित फ्रेन्च राजदुतावासको निमन्त्रणामा उनि फ्रान्स आएकी हुन

उनको इन्स्टाग्राम, ट्वीटर र फेसबुक अहिले सिलिब्रीटिहरु संगको फोटो, ठुला ठुला मल्टीनेसनल कम्पनिमा घुमेका फोटो, फुटबल स्टेडियममा खिचिएको फोटो आदिले भरिभराउ छ। उनको हाउभाउ हेर्दा उनलाई फ्रेन्च राजदुतावासले फ्रान्सको प्रचार प्रसार गर्न र लक्जरियस ब्रान्डको प्रचार प्रसार गर्न घुम्न फ्रान्स पठाएको जस्तो देखिन्छ।

नेपाल महिला अधिकारको बिषयमा विश्वमै पिछडीएको देशमा पर्छ। त्यो देशकि मिस नेपाल, अन्तरास्ट्रिय महिला दिवसको दिन लक्जरियस भ्रमण गर्दै हिड्नु, नेपालीहरु र यति सम्मकि नेपाली राजदुतावास संग पनि एकपटक पनि सम्पर्कमा नजानुले उनको सद्भावना दुत के को लागि भन्ने प्रश्न उठ्न थालेको छ।

फ्रान्समा रहेको फ्रान्को नेपाली पाकोफेन महिलाहरुको हक अधिकार सम्बन्धि चासो राख्ने नेपाली संस्था हो। संस्थाले हरेक बर्ष झैं यसपटक पनि अन्तरास्ट्रिय महिला दिवस मनाउदै छ। पेरिस १५ का मेयर सहित नगरपालिकाका विशिस्ट व्यक्तिहरु तथा फ्रेन्च र अन्य देशका संघसस्थाहरु पनि कार्यक्रममा भाग लिंदै महिला अधिकारका बारेमा बोल्ने र रचना प्रस्तुत गर्ने गर्दछन। कार्यक्रममा पाकोफेनले फ्रेन्चहरुलाइ नेपाल चिनाउदै नेपाली महिलाका चुनौतीहरुबारे बोल्ने गरेको छ। उक्त कार्यक्रमको लागि श्रृंखला खतिवडालाइ भाग लिन आग्रह गरिदिन संस्थाकी अध्यक्ष सुमित्रा प्रधानले उनि आउनु अगाडी देखि आग्रह गर्दा पनि वास्ता नगरिएको बाताएकि छिन। र उल्टै महिला दिवसकै कार्यक्रम हुने समयमा कार्यक्रम जुध्ने गरी पेरिसको एक रेस्टुरेन्टमा भेटघाट कार्यक्रम गर्ने सूचना फेसबुकमा भेटिएको छ।

विश्वभरिका नेपालीहरुले साथ् दिएर यहाँ सम्म पुगेकी नेपाली चेली मिस नेपाल शृंखला खतिवडाले महिला आधिकार सम्बन्धि कार्यक्रमको वास्ता नगरी रेस्टुरेन्टमा आफुलाई भेट्न नेपालीहरुलाई बोलाउनुले फ्रान्सवासी नेपालीहरु निराश बनेका छन। कम्तिमा कार्यक्रममा सहभागी हुन् नसके पनि कार्यक्रम नजुधाई दिएको भए ठिक हुने धेरैको तर्क छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here