पशुपती शर्माको नया गित “लुट्न सके लुट, नेपालमै छ छुट” २ दिन मै बन्यो भाइरल

[avatar user=”laxman” size=”thumbnail” align=”left” link=”file”]लक्ष्मन गगन[/avatar]

आधा शताब्दिदेखि देशमा आएका चरणबद्ध  राजनितिक परिबर्तन , सामाजिक परिबर्तनको क्रममा पटक पटक  भोग्नु परेका निरासाहरु अनि ब्यबस्था परिबर्तन पछि पनि नेत्रित्व र प्रसाशनको लापर्बाहि , भ्रस्ट्चार  लगायत थुप्रै घटनाहरुलाई  ब्यंग्य  गर्दै  लोक दोहोरी गायक  पशुपति  शर्माले फेरि  एउटा लोक गीत  बजारमा ल्याएका छन  “लुट्न सके लुट नेपालमै हो छुट ”  भन्दै हालको नेपाली राजनितिक र सामाजिक  स्थितिलाई खरो भाषामा लयबद्ध रूपमा चित्रण गर्ने प्रयासलाई धेरैले  मन पराईसकेका छन । यु ट्युबमा सर्बजनिक गराईएको ४८ घण्टामै २ लाख भन्दा बढि पटक हेरिएको यो गीत, सामजिक सन्जालहरुमा छोटो समयमै  निकै चर्चामा पुगेको छ

नेपाली लोक संगीतको क्षेत्रमा पशुपति शर्माको नाम अग्र स्थानमा आउने नाम हो । देश ,सामाजिक परिबेष , दुख सुख र मायाप्रितिका प्रसंगलाई निकै मार्मिक र चोटिलो ढंगले प्रस्तुत गर्नसक्ने शैली नै उनको सफलताको कारण हो भन्ने धेरैले बुझेका छ्न ।  स्याङजाको वालिङंमा जन्मेका कर्णप्रिय स्वरका धनि  पशुपति शर्माले हाल्सम्म लोक दोहोरी गीतको लागि २०११ मा कालिका अवाड देखि अनेकन उपाधि हुदै २०१६ मा कान्तिपुर म्युजिक अवाड र छिन्नलता  पुरस्कार  समेत  पाईसकेका छन ।
पशुपति शर्माका ,”झम झम दर्कियो पानी ..”  “क्यम्पस पढ़्न आउनी ….”  “यसै त डल्लि, नाच हल्लि हल्लि….” लगायतका  गीतहरु नेपालका हरेक दोहोरी सांझहरुमा अझै पनि खूब घन्किन्छन ।  २०१३ को आन्तिम तिर निस्केको “मलाई अमेरिका यहि, मलाइ बेलायत नि यहि ” गीतले थुप्रै नेपालीको मन जित्न सफल भएको थियो । बेला बेलामा  लोक कमेडीले चर्चामा आउने र  फेरि तीजका गीतहरु गाएर कहिले कांहि  बिबादमा तनिनुपरे पनि पशुपति शर्मा नेपाली लोक गीतका एक  अमूल्य गहना हुन भन्नेमा कसैले दुईमत  राख्दैन्न ।
यसपाली भने  २ दिन अघि, १४ फेब्रवरिमा निस्केको पशुपति शर्माको नयां गीतले   नेपाली जनताको मन त अवस्य नै जित्ने नै छ, तर के यो गीतले बांण  हानेका सम्बन्धित ब्यक्ति  र निकायलाई कुनै असर पर्ला ?
“लुट्न सके लुट  कान्छा  लुट्न सके लुट
अरु देशमा पाईदैन नेपालमै हो छुट”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here