दुवै मृगौला पिडित सुजन बर्मालाइ फ्रान्सबाट प्रशान्त उप्रेतीले गरे १ लाखको सहयोग

दुवै मृगौला पिडित सुजन बर्मालाइ सहयोग गर्ने उद्देस्यले बिभिन्न संघ संस्थाहरु बाट रकम उठ्ने क्रम जारि छ।

सुजन बर्मा बिगत ३ बर्ष देखि युरिन इन्फेक्शन भई अप्रेशन गर्दा गर्दै दुवै मृगौला फेल भइ शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेको छन् । सो अस्पतालका मृगौला विभागका डाक्टरको सिफारीस बमोजिम सुजन बर्मा हाल नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचार गराई रहेको छन् ।
उनको घरमा दिदि र बुबा समेत सुगर, प्रेसर र थाईराईड सम्बन्धि रोगको औषधि सेवन गर्दै रहेको र सुजन आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा मृगौला प्रत्यारोपण गर्ने र गरे पश्चयात पनि ठुलै रकमको औषधि सेवनगर्नुपर्ने भएकाले जीवन रर्क्षाथ र नयाँ जीवनको लागि सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।

यसै क्रममा International Nepalese Blood Donors INBD मार्फत फ्रान्स निवासी प्रशान्त उप्रेतीले हालै सो सहयोग अभियानमा सहभागी हुदै १ लाख रुपयाँ सहयोग गरेका छन्। अन्तरास्ट्रिय नेपाली रक्तदाता संस्थाको फ्रान्स संयोजक समेत रहेका प्रशान्त उप्रेतीले रक्तदान लगाएत बिभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै आइरहेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here