लक्ष्मन गगन, नेपाली संगीतको क्षेत्रमा बिगत केहि बर्षदेखि गजलको लोकप्रियता बढ्दै गएको छ । यसै सन्धर्वमा युवा गजलकार एबं गीतकार सुरेश वाग्ले, गत बर्षको सुरुमा ‘तिमी साथ भएपछि’ नामक गजल एल्बम निकालेर चर्चामा आएका थिए । यस एल्बममा प्रथम नेपाल आइड्ल बुद्ध लामाले गाएको ‘तिमी साथ भएपछि भगवान पनि चाहिदैन ‘ भन्ने गजलले यसपालीको रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डको नब गायक बिधा जित्न सफल पनि भएको थियो । संयुक्त राज्य अमेरिकाको बोस्टनमा बसोबास गर्दे आइरहेका वाग्ले, बिषेश गरेर गजल बिधामा परिचित भए पनि प्रणय दिबस या भ्यालेनटाइन डेको पूर्व सन्ध्यामा एउटा निकै रोमन्टिक युगल गीत ‘ मायांंमा ‘ बजारमा ल्याएका छन।
नब गायक राहुल बिश्वास र गायिका स्नेहश्री थापाको युगल स्वरलाई मेघराज लगुनले संगीत भरेका छन भने सुरेश वाग्लेले मेघराज लगुनसंगको सह लेखनमा यो गीत तयार परेका हुन । बिकास सुबेदीको निर्देशनमा अत्याधुनिक प्रबिधिको ड्रोन प्रयोग गरेर छायांकन गरिएको ‘तिम्रो मायांमा ‘ भन्ने उक्त गीतको म्युजिक भिडीयोमा हालका चर्चित मोडल पल शाह र आंचल शर्माले अभिनय गरेका छन ।
फ्रान्स को राजधानी पेरिसको पूर्वी सिमानामा जोडीएको पँता (Pantin) शहरमा अवस्थित विशाल पार्कमा आईतबार १० जुलाई २०२२ का दिन गोरखाली समाज फ्रान्सले आफ्नो महाधिवेशन...
राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त डा. महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा एक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भव्यताका साथ...
राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त डा महावीर पुन संग फ्रान्सको राजधानी पेरिसमा हुने अन्तरक्रिया तथा भेटघाट कार्यक्रमको तयारी पुरा...
राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक अध्यक्ष तथा नेपालमा सामाजिक क्षेत्रमा ख्यातिप्राप्त महावीर पुन युरोपमा हुने कार्यक्रमहरुको शिलशिलामा फ्रान्समा हुने विभिन्न कार्यक्रमहरुमा सहभागी हुन् यहि मे...
रुस-युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीहरुको उद्धार कार्य जारी रहेको छ। अधिकांश नेपालीहरु युक्रेन बाट युरोपिएन युनियन छिरिसकेको भएपनी उनीहरुको स्थायी बसोबासको बन्दोबस्त नभएकोले विभिन्न देशहरुमा...