ललितपुरमा गाई चोरी काटेर भोज खाने गिरोह पक्राउ [ भिडियो सहित ]

काठमाडौँ । ललितपुर धापाखेलकी माया अधिकारीको कोठमा केहि दिन अघिसम्म ४ वटा गाई थिए । ति मध्य एउटा गाई एक साता अघि मात्रै इट्टामा काम गर्ने सुर्य लामा, तिर्थ लामा र पञ्ज लामा लगायतले मध्यरातमा गाई चोरेर काटेर खाइदिए । गाई चोरर खानेहरु धेरै भएकाले आफ्नो परीवारलाई आक्रमण गर्ने डरले अधिकारीले प्रहरीमा खबर गरेनन् ।

तर त्यसको एक साता नपुग्दै साँझमा उनको अर्को गाई करायो । तर उनको गाई गोठमा थिएन । गाई खोज्दै जाँदा हरीसिद्धी स्थीत होसन्ना इट्टा उद्योग नजिक बाँसघारीमा बाँधेको अवस्थामा भेटियो । र उनिहरुले फिर्ता ल्याए । तर अर्को दिन बिहान गोठमा जाँदा माया अधिकारीको अर्को गाई गोठमा थिएन । गाँउलेहरु सहित अधिकारी र प्रहरी अघिल्लो दिन गाई बाधेको इट्टा उद्योगमा पुग्दा इट्टा उद्योगमा ठुलो संख्यामा रहेको मजदुरहरु आक्रमण गर्न उत्रिए ।

तर प्रहरीले खोज्दै जाँदा गाइको मासु भेटियो । छेउमै गाढीएको अवस्थामा गाइको टाउको र छाला भेटियो । यहाँ पुग्दा गाईको मासुका परीकार पाक्दै थिए । तत्कालै प्रहरीले सुर्य लामा, तिर्थ लामा र पञ्ज लामालाई नियन्त्रणमा लियो ।

आज प्रसारित रबि लामिछानेको सिधाकुरा जनतासंग कार्यक्रममा पनि यसको बारेमा रिपोर्ट प्रसारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here