नेपाली समाज रोमले जापनिज सुसी (Sushi) बनाउने तालिम कार्यक्रम सम्पन गर्यो

नेपाली समाज रोमले पहिलो पटक बेरोजगार नेपाली युवायुवतीहरुलाई सीप मुलक तालीम दिई रोजगारको लागी सक्षम बनाउने हेतुले जापनिज खाना सुसि (Sushi) को निशुल्क तालिम दिएको छ। यहि जनवरी १३ तारिखका दिन सम्पन्न तालिम कार्यक्रममा उल्लेख्य रुपमा नेपालीहरुको सहभागिता भएको थियो।

सीपमुलक सुसि प्रशिक्षण कार्यक्रम सफल बनाउन प्रशिक्षकहरु रामचन्द्र थापा मगर , बिनोद बिक्रम श्रेष्ठ , बिश्वास गुरुङ र रन्जित मगर ज्युहरुले सरल र बुझ्ने भासामा सुसिको सफल तालिम गराएका थिए। कार्यक्रममा कार्यसमितिका उपाध्यक्ष भावा मल्ल, कोषाध्यक्ष अनन्त बहादुर बस्नेत, सह-सचिव रिता रानाभाट, सदस्यहरु केसव माते दमाई, रेनुका उपाध्याय र कुन्दन गुरुङको सक्रिय सहभागिता रहेको थियोे।

साथै सल्लाहकारहरु प्रकाश महर्जन, सोभित कुमार श्रेष्ठ र बेलबहादुर रानाभाट को उपस्थित रहेको कार्यक्रम संचालन सदस्य तथा सास्कृतिक बिभाग सम्योजक मिना अर्यालले गर्नुभएको थियोे भने समाजका अध्यक्ष हरिभक्त काराखेतीले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै सुसि प्रशिक्षकहरुलाई खादा ओडाई सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रममा सुसि तालीम लिन झन्डै 27 जना प्रशिक्षार्थीहरुको उपस्तिथि रहेको थियोे ।

निशुल्क तालिम आउदो हप्ता पनि दोस्रो एपिसोडको रूपमा संचालन हुने संस्थाले सूचना मार्फत जानकारी दिएको छ। स्थान : Via Testaccio 10 Lungo Tevere Roma

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here