बेलायती प्रधानमन्त्री टेरेसा मेले संसदमा विश्वासको मत जितिन, कुर्ची फेरी जोगियो

लण्डन । बेलायती प्रधानमन्त्री टेरेसा मेले संसदमा विश्वासको मत जित्दै आफ्नो नेतृत्वलाई सुरक्षित गरेकी छन् । बुधबार सांझ हाउस अफ कमन्समा मतदान हुँदा प्रधानमन्त्री मेको पक्षमा ३ सय २५ मत परेको छ भने विपक्षमा ३ सय ६ मत खस्यो।

मंगलबार प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौताको प्रस्तावका विरुद्ध मत दिने उनकै दल कञ्जरभेटिभका सांसदहरु र डियुपीका सांसदहरु समेतले आज भने प्रधानमन्त्रीको साथ दिएका छन् .संसदले ब्रेक्जिट सम्झौतालाई भारी मतले अस्वीकृत गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध विपक्षी लेबर पार्टीले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।लेबरको यो प्रस्तावलाई एसएनपी, लिबरल डेमोक्रयाट् लगायतका सबै विपक्षी पार्टीहरुले सघाएका थिए ।विश्वासको मत जितेपछि प्रधानमन्त्री मेले प्रतिक्रिया दिंदै भनिन्, ‘यो नतिजाले देखाउँछ कि सरकारमाथि सरकारको विश्वास कायम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here